काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । मौद्रिक नीतिपछि निरन्तर बढीरहेको सेयर बजार आज भने राताम्मै भएको छ । नेप्से २०.४६ अंकले घटेपनि ६१ करोड कारोबार हुदाँ १९ अर्ब माथि रकम संकलन भएको छ ।
सेरय बजार घट्दा पनि शिवम सिमेन्टको भने सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६१ करोड १२ लाख ८६ हजार रुपैयाँ बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय १६ रुपैयाँ रहेको छ ।
साथै, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु बैंक, नेपाल फाइनान्स, ङादी गुप्र, ग्लोबल आइएमई बैंक, सिईडिबी हाईड्रोपावर, चिलिमे हाईड्रोपावार र एनआरएन इन्फ्रास्टक्चर सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्