Shikhar Insurance
National Life

२०.४६ अंकले घट्यो सेयर बजार, कारोबार रकम १९ अर्ब ६० करोड

सिंहदरबार संवाददाता
२०८१ श्रावण १४, सोमबार १५:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २०.४६ अंकले घटेर २६६१.०९ मा पुगेको हो ।

सोमबार ३२५ कम्पनीको ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १ सय ६ रुपैयाँ २९ पैसा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ४ कम्पनीको सेयर भने स्थिर रहेको छ ।

सोमबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६१ करोड १२ लाख ८६ हजार ६ सय ८३ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर न्यूनतम मूल्य ६ सय १६ रुपैयाँ रहेको छ ।

त्यस्तै, सोमबार नेपाल फाइनान्सका सेयर ९.७७ प्रतिशतले बढेको छ भने आराम्भ चौतारी लघुवित्तको सेयर ८.३५ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्