Shikhar Insurance
National Life

खुद नाफाको ३ प्रतिशतसम्म ग्राहक संरक्षण कोषमा छुट्याउनु पर्ने, लघुवित्तको लागि यस्तो छ राष्ट्र बैंकको नयाँ सर्कुलर

सिंहदरबार संवाददाता
२०८१ श्रावण १४, सोमबार १३:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले लघुवित्तहरुका लागि नयाँ सर्कुलर जारी गरेको छ । साउन ११ गते सार्वजनिक भएको मौद्रिक नीति अनुसार बैंकले सर्कुलर जारी गरेको हो । बैंकले निर्देशन नं. ३ को बुँदा २ को उपबुँदा (क) मा संशोधन गरेको छ । उपबुँदामा ‘तर प्रतिपरिवार रु. २५ हजारसम्मको कर्जा पारिवारिक जमानीमा मात्र समेत प्रदान गर्न सकिने छ ।’ भन्ने वाक्यांश थप गरेको छ ।

यो व्यवस्थाले प्रति सदस्य २५ हजारसम्मको ऋण परिवारकै सदस्य जमानी बसेर लिन सक्ने व्यवस्था गरेको छ । यसअघि ५ देखी ७ लाख सामूहिक जमानीमा मात्रै लिन पाउने व्यवस्था थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निर्देशन नं ३ को बुँदा नं.२ को उपबुँदा(ख) मा पनि संशोधन गरेको छ । सो बुँदामा ‘वायो ग्यास न्यून लागतमा घर निर्माण भन्ने शब्द थप गरेको छ । यो व्यवस्थाले न्यून लागतको ३ लाखसम्मको घर बनाउन ऋण प्रवाह गर्न सक्ने भएको छ । त्यस्तै, निर्देशन नं. ३ को बुँदा २ को उपबुँदा (ज) मा संशोधन गरेको छ । यो उपबुँदामा ‘यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा’ भन्ने शब्दावली थप गरेको छ । यो शब्दले अब लघुवित्तबाट सिमा ननाघ्नेगरी अधिकतम २ वटा मात्रै लघुवितबाट ऋण लिन सक्ने व्यवस्था गरेको छ ।

निर्देशन नं. ४ को बुँदा १ को उपबुँदा ज को (अ) मा संशोधन गरेको छ । जसमा ‘सम्बन्धित आर्थिक वर्षको खुद मुनाफाको देहाय बमोजिमको प्रतिशतले हुने रकम २०८२ असार १.५ प्रतिशत २०८३ असार २ प्रतिशत २०८४ असार ३ प्रतिशत’ भनि उल्लेख छ । ग्राहक संरक्षण कोषमा यसअघि खुद मुनाफाको १ प्रतिशत, मात्रै रकम छुट्याउनु पर्ने व्यवस्था थियो । अब सालै पिच्छे फरक दरको रकम छुट्याउनु पर्ने भएको छ । यसैगरी, २ वर्षमा सक्नुपर्ने आन्तरिक शाखा लेखापरिक्षण १ वर्षमै सक्नुपर्ने व्यवस्था गरेको छ । लघुवित्तका कर्मचारीहरुको क्षमता विकासमा पनि सर्कुलरले नयाँ व्यवस्था गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्