Shikhar Insurance
National Life

इजरायलमा श्रमीक पठाउने सम्झौतप्रति जेटियुसिसीको आपत्ति, तत्काल फिर्ता लिन माग

सिंहदरबार संवाददाता
२०८१ श्रावण १४, सोमबार ११:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) ले युद्धग्रस्त मुलुकहरुमा नेपाली श्रमीक पठाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । जेटियुसिसीले युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा नेपाली श्रमीक पठाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल फिर्ता गर्न माग गरेको हो ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्रकुमार कुँवरले नेपाली श्रमीकलाई वैदेशिक रोजगारीमा पठाउने बहानामा युद्धग्रस्त मुलुक इजरायल, अफगानिस्तान लगायतका देशमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदुत हनन गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरुको संख्या बढाउने सहमति भएको भन्दै आपत्ति जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले रोजगारीको नाममा जान्दाजान्दै पनि युद्धग्रस्त मुलुकमा श्रम स्वीकृति दिँदै श्रमीक पठाउने कुरा मानवीयतामाथिको अन्याय भएको बताए । उनले युद्धग्रस्त देशबाट नेपाल फर्किन चाहने नेपालीलाई फर्काउन नसकेको अवस्थमा पुन: युद्धग्रस्त देशमा श्रमीक पठाउने कुरा जायज नरहेको बताए । उनले युद्धग्रस्त मुलुकमा श्रमीक पठाउने विषय संवेदनशील रहेको भन्दै युद्धग्रस्त देशमा श्रमीक पठाउन हतार गर्न नहुने बताए ।

अध्यक्ष कुँवरले देशमा रोजगारीको अवस्था भयावह रहेको भएपनि युद्ध नभएका देशमा श्रम सम्झौता गरेर श्रमीक पठाउन सकिने जानकारी गरे । श्रमीकहरुले मर्यादित र शोषण नहुने गरी काम पाउने देशमा मौ श्रमीक पठाउनु उचित हुने बताउनु भयो । सकेसम्म देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने आफूहरुको माग रहेको बताए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्