काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ७१ हजार ०४६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको न्यूनतम मूल्य ३ सय ५० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरु र अन्यव्यक्ति तथा संस्थाले यो सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय मैतिदेवी, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्