काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढ्यो छ । अघिल्लो दिन १ हजार रुपैयाँले बढेको सुनको मूल्य आज ४ सय रुपैयाँले बढ्यो हो ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन १ लाख ४५ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्