Shikhar Insurance
National Life

सिएनआईका अध्यक्ष अग्रवालको आरएमसी फुड्सले भन्सार छली गरेको पुष्टि, थपियो ५ प्रतिशत भन्सार महसुल

सिंहदरबार संवाददाता
२०८१ श्रावण १४, सोमबार ०९:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालको खाद्य कम्पनी आरएमसी फुड्स प्रालीले भन्सार छलि गरेको पुष्टि भएको छ । भन्सार विभागले गरेको परिक्षणमा क्रुड भनेर ल्याइएको तेल तयारी भएको पुष्टी भएको हो ।

आरएमसी फुड्स प्रालीले ल्याएको पामोलिन क्रुड नभएर तयारी भएको रिपोर्ट आएको भन्सार विभागका एक कर्मचारीले बताए । ती कर्मचारी भने, ‘वीरगञ्ज भन्सार कार्यालयले पठाएको आएमसी फुड्सको पामोलिन क्रुड नभएर तयारी भएको पुष्टी भएको छ, असार २६ गते विभाग ल्याएको नमुनाको रिपोर्ट सम्बन्धित कार्यालयलाई पठाइसकेका छौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब कार्यालयले क्रुड भनी ल्याएको पामोलिनलाई तयारी भन्सार उपशिर्षक उपशिर्षक १५११९०.२०  अन्तर्गत जाँचपास गर्नुपर्नेछ । यो उपशिर्षकबाट जाँचपास गर्दा १५ प्रतिशत भन्सार महसुल लाग्छ । तयारी भन्सार उपशिर्षक १५१११०.०० बाट जाँचपास गर्दा १० प्रतिशत मात्रै भन्सार महसुल तिर्नुपर्छ ।

आएमसी फुड्स प्रालीले भन्सार प्रज्ञापन पत्र  एम (M) नम्बर ७७७११५ बाट पामोलिन आयात गरेको थियो । हाल देशभर आयात हुने पमोलिन कच्चा हो या तयारी भन्ने चर्को विवादकोबिच प्रालीको तेल कच्चा भन्सार उपशिर्षक १५१११०.०० बाट जाँचपास भएपछि विवाद बढेको थियो ।

प्रालीले वीरगञ्ज भन्सार नाकाबाट २ लाख ५० हजार केजी पामोलिन आयात गरेको छ । वीरगञ्ज भन्सार कार्यालयले परिक्षणकै क्रममा रहेको जाँचपास गरेपछि सो जाँचपास रोक्न भन्सार विभागले चेतावनी दिएको थियो । विभागबाट आरएमसी फुड्सको तेल जाँचपास नगर्न भनेपछि जाँचपास हुन बाँकी तेल रोकिएको थियो ।

विभागबाट जाँचपास गर्न रोक आदेश आएपछि कार्यालय प्रमसख डिलाराम पन्थीले हतार हतार पुरानो मितिमा धरौटी लिएका छन् । सो कुराको पुष्टी भन्सारको प्रणालीले नै गर्न सक्छ । वीरगञ्ज भन्सार कार्यालयले सो तेल बदनियतपुर्ण नै जाँचपास गरेको विभागका उच्च अधिकारीहरुको बुझाई छ ।

सोहि प्रकृतिको विषयमा केहि समय अघि विराटनगर भन्सार कार्यालयका तत्कालिन प्रमुख तारा सापकोटा विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायार गरेको थियो ।

विभाग स्रोतका अनुसार आएमसीलाई अब फरक भन्सार दरबन्दी घोषणा गरेको भन्दै भन्सार ऐन २०६४ को दफा ५७ अनुसार कारबाही गर्नु पर्नेछ । आरएमसी फुड्स प्रालीको पामोलिन जाँचपासमा सहभागी अधिकृत सुनिता पौडेल र नायव सुब्बा रमेश माझी रहेका छन् ।

यी दुबै कर्मचारीलाई भन्सार विभागले कारबाहीको तयारी समेत गरेको छ । स्रोतका अनुसार जाँचपासमा सहभागी सुनिता पौडेलले भने आफूले मात्रै आट नगरेको बताउने गरेकी छिन् । स्रोतले भन्यो, ‘पौडेलले मैले मात्रै यति ठूलो विषय कसरी आट गर्छु होला र ? पौडेलले सिधैं कार्यालयका प्रमुख डिलाराम पन्थीको समेत मिलेमतो रहेको संकेत गरेकी छन् ।’

यसो त २ कर्मचारीलाई जोगाउन कार्यालय प्रमुख पन्थीले अर्थ सचिव मधुकुमार मरासिनी र राजस्व सचिव डा.रामप्रसाद घिमिरेलाई बारम्बार फोन गरिरहेका छन् । उनले सचिवलाई फोन गर्दै उनीहरुलाई कारबाहीबाट जोगाउनु पर्यो भन्दै दबाब दिइरहेका छन् ।

आएमसी फुड्सको विषयमा प्रमुख भन्सार प्रमुख पन्थीले भने धरौटी लिएर जाँचपास गरेको जिकिर गरेका छन् । उनले भने, ‘आरएमसी फुड्स प्रालीको पामोलिन हामीले धरौटी लिएर जाँचपास गरेका हौं , ल्याब रिपोर्ट आएपछि मात्रै तयारी हो या कच्चा उपशिर्षकमा वर्गीकरण गर्छौं ।’

तर पन्थीको यो दाबी भने झुट भएको विभाग स्रोतले बताएको छ । परिक्षण गर्न नमुना पठाएर परिक्षणको रिपोर्ट नआउँदै जाँचपास गरिएको विभागको दाबी छ । प्रालीका संचालक अग्रवालसँग महसुल छलिको विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

के हो क्रुड–तयारीको लफडा ?

पामोलिन तेस्रो देशबाट आयात भएर भारत निर्यात हुने प्रमुख वस्तु हो । नेपाली व्यवसायीहरुले नेपाल र भारतको भन्सार अन्तरको फाइदा लिएर निकासी गर्ने गरेका छन् । यसरी ४० वर्षदेखी आयात भैरहेको पामोलिन कच्चा पदार्थ भन्सार उपशिर्षक उपशिर्षक १५१११०.०० बाट जाँचपास हुदै आएको छ । यसरी आयात गर्दा उद्योगीले १० प्रतिशत भन्सार महशुल तिर्नुपर्ने हुन्छ । विराटनगर भन्सार कार्यालयले जनकपुर रिफाइनरीजले ल्याएको पामोलिनमा शंका लागेपछि नमुना परिक्षणका लागि भन्सार विभागको ल्याबमा पठायो । सो ल्याबबाट क्रुड भनेर आयात गरिएको पामोलिन तयारी भएको खुल्न आयो ।

ल्याब रिपोर्टबाट तयारी तेल भएको खुल्न आएपछि विराटनगर भन्सार कार्यालयले तयारी तेल उपशिर्षक १५११९०.२० बाट वर्गिकरण गर्ने निर्णय गरेपछि कार्यालयको निर्णय उपर उच्च अदालत पाटन गएको छ । पाटन उच्च अदालतले भन्सार विभाग र भन्सार कार्यालयको नाममा ७ दिनभित्र बिनाशर्त धरौटी लिएर भन्सार जाँचपास गर्न भनेपछि जकरपुर रिफाइनरीजको तेल जाँचपास भैसकेको छ । तर अदालतले १ महिनाभित्र वर्गिकरण गर्नु भनि परमादेश दिएको छ ।

सो परमादेश अनुसार अब साउन १३ गतेसम्म विराटनगर भन्सार कार्यालयले वर्गिकरण गर्नुपर्नेछ । व्यवसायीहरुले भने भन्सार विभागले उद्योगमाथी ज्यादती गरेको आरोप लगाउने गरेका छन् । एक व्यवसायीले भने, ‘हामीले तेल आयात गर्ने समयमा नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर तेल आयात गर्ने गर्छौं, तेल आयात गरेपछि पनि खान योग्य छ या छैन भनि पुनस् नमुना परिक्षण गर्ने गर्छौं, हामीले आयात गरेको तेल सिधा प्रयोग गर्न मिल्दैन, निश्चित प्रशोधन गरेपछि मात्रै प्रयोग गर्न मिल्छ यो कुरा भन्सार विभागलाई कस्ले सम्झाउने ? ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्