काठमाडौं । सेयर बजार ५.०२ प्रतिशतले बढेपछि पुन ४० मिनेटका लागि कारोबार बन्द भएको छ । मौद्रिक नीतिले लगानीकर्तामा मनोवल बढाएको हुँदा बजारमा हरियाली छाएको छ ।
साताको पहिलो दिन नेप्से परिसूचक कारोबार सुरु भएको १ मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । बजार पुनः ५ प्रतिशतले बढेर ४० मिनेटका लागि कारोबारमा ब्रेक लागेको हो । नेप्से १२९.०७ अकंले बढेर २६९७.२१ बिन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्