Shikhar Insurance
National Life

१४ प्रतिशतका लाभांश पारित गर्न नेशनल लाईफले बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ श्रावण १३, आईतवार ११:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार भदौ ७ गते नेशनल लाईफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आव २०७१/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आर्थिक वर्ष २०७९/०८० को वासलात आय व्यय हिसाव नाफा नोक्सान हिसाब एवम् लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ । सभामा लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०६०/०८१ को लागि लेखापरीक्षक नियुक्ति एवम् पारिश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संचालक समितिले प्रस्ताव गरे बमोजिम हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पूँजीमा १० प्रतिशतका नगद लाभांश र कर प्रयोजनका लागि ४ प्रतिशत गरी जम्मा १४ प्रतिशत लाभांश पारित गर्ने सभाको विशेष प्रस्ताव रहेको छ ।

सभाको प्रयोजनको लागि साउन २४ गते एक दिनका लागि कम्पनीको सेयरधनी दर्ता किताब बन्द गरिने छ । सेयरधनी दर्ता किताब बन्द भएको अघिल्लो कार्यरत दिन सम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम हुन आउने सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्