Shikhar Insurance
National Life

प्रतिकित्ता १ सय ७१ रुपैयाँमा सूर्यज्योति लाइफको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण १३, आईतवार ११:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण वा संघसंस्था जो कोहीले खरीद गर्न पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७१ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरीदका लागि बोलकबोल गर्दा घटीमा ५ हजार कित्ता र बढीमा सम्पूर्ण कित्ता सेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सेयर खरीद गर्न इच्छुकले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका साथै एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय वा विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र विरेन्द्रनगर शाखा कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि सोही स्थानमा पाइनेछ ।

आवेदन आज साउन १३ गतेदेखि आउँदो साउन १८ गते कार्यालय समयभित्र पेश गरिसक्नु पर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्