Shikhar Insurance
National Life

मौद्रिक नीतिलाई अर्थमन्त्रीपछि प्रधानमन्त्री ओलीको स्वागत, व्यवसायीहरु लगानी गर्न उत्साहि हुने विस्वास

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार २१:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिले व्यवसायीहरुलाई लगानी गर्न उत्साहि हुने बताएका छन् । मौद्रिक नीति सार्वजनिक भएकै दिन ‘होटल हिल्टन’को उद्घान गर्दै विदेशी पर्यटक ल्याउनु पर्नेमा जोड दिएका हुन् ।

उनले सामाजिक सञ्चाल फेसबुकमा भनेका छन्,’समय सापेक्ष मौद्रिक नीति सार्वजनिक भएसँगै आज मैले प्रशिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड हिल्टन होटल काठमाडौं उद्घाटन गर्ने अवसर पाएँ । मेरो विश्वास छ – नयाँ मौद्रिक नीतिले अन्य व्यवसायीहरुलाई पनि अब लगानी गर्न उत्साही बनाउने छ। हामीलाई पर्यटक भित्र्याउनु छ, रोजगारी सिर्जना गर्नु छ र जनशक्ति पलायन रोक्नु छ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अर्थमन्त्री विष्णुप्रसाद पौडेल भेट्न अर्थमन्त्रालय पुगेका थिए । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति अर्थमन्त्रीले समेत तारिफ गरिसकेका छन् ।

अर्थमन्त्री पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताएका हुन् । ‘मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ,अर्थमन्त्री पौडेलले भने-मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउनेछ ।’

अर्थमन्त्री पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त गरे ।

गभर्नर महाप्रसाद अधिकारीले हालसम्म ल्याएका मौद्रिक नीतिहरु माथी प्रधानमन्त्री र अर्थमन्त्री कै तहबाट प्राप्त यो नै पहिलो सकारात्मक प्रसंशा हो । संयोगले पनि ओलिले नै गभर्नर बनाएका अधिकारीले आफ्नो पहिलो र अन्तिम मौद्रिक नीति ओलि नै प्रधानमन्त्री भएका बेला ल्याउन पाए । गभर्नर अधिकारीले ओलि बाहेक शेर बहादुर देउवा र पुष्प कमल दाहाल प्रचण्डका पालामा मौद्रिक नीती ल्याए ।

उनले डा. युवराज खतिवडा, बिष्णु पौडेल, जनार्दन शर्मा, डा. प्रकाश शरण महत र वर्षमान पुनलाई अर्थमन्त्रीका रुपमा झेले । ती मध्ये जनार्दन शर्मा र डा. प्रकाश शरण महतसंग उनको राम्रो सम्बन्ध रहेन ।

शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले सेयर बजार,घरजग्गामा लचिलो नीति लिएको छ । यस्तै,ऋण विस्तारमा सहयोग पुग्नेगरी मौद्रिक नीति तयार भएको छ । निर्माण व्यावसायीलाई धेरै सहुलियत दिएर मौद्रिक नीति सार्वजनिक भएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्