Shikhar Insurance
National Life

संसदका कामकारबाही र अभ्यासलाई इमान्दारपूर्वक सम्प्रेषण गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १७:३४
Hyundai
NCELL
NIMB

धुलिखेल । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्का कामकारबाही र अभ्यासलाई सत्य, तथ्य र वस्तुनिष्ठ आधारमा इमान्दारपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

सङ्घीय संसद्, राष्ट्रियसभाका पदाधिकारी र सञ्चारकर्मीबीचको अन्तरक्रियामा उनले आफूले लेखेका समाचारलाई आमनागरिकले कुन रुपमा लिएका छन् भनी आत्मसमीक्षा गर्नसमेत अनुरोध गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष दाहालले भने ‘पत्रकारले आफूप्रति इमान्दार भएर समाचार लेखेको हो, त्यसलाई जनताले कुन रुपले लिए भनेर आत्मसमीक्षा गर्नुपर्छ ।’ राष्ट्रियसभाका गतिविधि, साझा सहमति र निर्धारित कार्यसूचीका आधारमा अघि बढिरहेको जानकारी दिँदै उनले सदनबाट भए÷गरेका उपलब्धिलाई जनतासमक्ष सकारात्मक सन्देश प्रवाह गर्न सञ्चार जगत्लाई आग्रह गरे ।

राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले संसदीय अभ्यासलाई चुस्तदुरुस्त तुल्याउन र राज्यप्रणालीलाई बलियो बनाउन संसद र सञ्चारमाध्यम मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले जनताका समस्या, माग, मुद्धा र समाजका गतिविधिका विषय सदनमा पु¥याउने र सदनमा उठेका सवाल जनता समक्ष पु¥याउन सञ्चार जगत्बाट सकारात्मक सहयोगको अपेक्षा गरे ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले संसद भएका गतिविधिलाई जस्ताका तस्तै जनतासमक्ष पु¥याउन र जनताका विषयवस्तु सदनमा ल्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने बताए । राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले आमनागरिकको सरोकारका मुद्धामा संसद्मा छलफल र बहस हुन्छ भन्ने विषय जनतामा सञ्चार गर्न मिडियाको ठूलो भूमिका रहन्छ भने ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९युएनडिपी०का प्रतिनिधि यमबहादुर किसानले नेपालको संविधानमा उल्लेख भएको सङ्घीयता, गणतन्त्र, धर्मनिरेपक्षता र समावेशिताको प्रबद्र्धन र नागरिकमा सही सूचना सम्प्रेषण गर्ने कार्यमा आफ्नो संस्थाले सहयोग पु¥याउँदै आएको जानकारी दिए ।

राजधानीबाट प्रकाशित तथा प्रसारित सञ्चारमाध्यमका करिब ३० सञ्चारकर्मीको सहभागिता रहेको दुईदिने कार्यक्रममा राष्ट्रियसभा नियमावलीको व्यवस्था, समाचार सङ्कलनमा पत्रकारले ध्यान दिनुपर्ने विषय, संसदीय खुलापन, बाह्य पहुँचसम्बन्धी पत्रकारको दृष्टिकोण र वर्तमान अवस्था, नेपालमा राष्ट्रियसभाः विगत र वर्तमान, कानुन निर्माण प्रक्रिया र सञ्चार जगत्को भूमिका विषयमा विज्ञले प्रस्तुति दिनेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्