Shikhar Insurance
National Life

मौद्रिक नीति सार्वजनिक गरेर अर्थमन्त्री भेट्न पुगे गभर्नर, के भयो छलफल ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १६:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले नेपालको अर्थतन्त्रमा विद्यमान समस्याहरुलाई सम्बोधन गर्न सहयोग गर्ने बताका छन् । बालुवाटारमा आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेर अर्थमन्त्री भेट्न राष्ट्र बैंकका गभर्नर अर्थमन्त्रालय पुगेका हुन् ।

भेटमा मन्त्री र गभर्नरबिच मौद्रिक नीतिले पार्ने प्रभावको विषयमा छलफल भएको हो । ‘मौद्रिक नीति राम्रो छ । अर्थतन्त्रमा देखिएका समस्याहरुलाई समाधान गर्न सहयोग पुर्याउने गरी लचिलो रुपमा आएको छ, अर्थमन्त्री पौडेलले भने-मौद्रिक नीतिले कर्जा विस्तार गर्न र उत्पादनको क्षेत्रमा लगानी बढाउन सहयोग पुर्याउनेछ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्थमन्त्री पौडेलले मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्याहरुलाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने विश्वास व्यक्त गर्नु गरे । मौद्रिक नीति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक हतियारमा मात्रै निर्भर रहँदा अर्थतन्त्रमा चाप पर्न सक्ने बताएका छन् । शुक्रबार जारी भएको मौद्रिक नीतिमा सेयर कर्जातर्फ १५ करोड रुपैयाँको व्यक्तिगत सिमालाई यथावत राखिएको छ ।

यस्तै, संस्थागत सेयर लगानीमा जाने २० करोडको समिमालाई हटाइएको छ । २० करोड र १५ करोडको सिमा हटाउन लगानीकर्ताहरुले चर्को माग गर्दै आएका थिए । संस्थागत सिमा हटेसँगै सेयर बजारमा थप सुधार आउने विस्वास लगानीकर्ताहरुले गरेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्