Shikhar Insurance
National Life

डेडिकेटेड र ट्रंक लाईनको वक्यौता रकम असुली गर्ने कुलमानको अडान

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १५:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा रहेको डेडिकेटेड तथा ट्रंक लाईन वक्यौता रकम असुली गर्ने अडान राखेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा बिना बिल सो लाइनको वक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाई पनि सत्य नभएको दाबी गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई पनि ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राखेका हुन् । रेकडेट विद्युतमा प्रिमियम जोडेर ती उद्योगहरुमा बिल पठाएकाले त्यसमा बिल थिएन भन्ने कुरा सत्य नभएको प्रवन्ध निर्देशक घिसिङको भनाई छ । उनले लोडसेडिङको बेला आम उपभोक्तालाई प्रतियुनिट विद्युत १३ रुपैयाँ हुँदा पनि उद्योगका लागि साढे ८ प्रतिशत मात्रै मूल्य तोकिएको स्मरण गराए ।

प्रबन्ध निर्देशक घिसिङले भने, ‘डेडिकेटेड र ट्रंक लाईनको लोडसेडिङको बेलामा हामीले इण्डियाबाट पनि इम्पोट गरेका थियौ । केही समय हामीले लोडसेडिङ घटाउने गरेर हेटौँडा डिजेल प्लान्ट पनि चलाएका थियौं । डेडिकेटेडको पैसा तिर्दा पनि उहाँहरुले पर युनिट साढे ११ रुपैयाँ भन्दा परेको छैन । जबकी नर्मल टेरिफ १३ रुपैयाँ थियो त्यो बेला पब्लिकले तिरेको । उहाँलाई नर्मल टेरिफ चाहीँ साढे ८ को हाराहारीमा थियो । अब ६०÷६५ प्रतिशत प्रिमियम चार्ज हो । हाम्रो बिल नै थिएन । हाम्रो जुन इनर्जी छ । त्यो रेकडेट इनर्जीमा मात्रै हामीले थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको अवस्था हो ।’

प्रबन्ध निर्देशक घिसिङले दक्षिण एशियामा भूटानबाहेक नेपालको विद्युत सबैभन्दा सस्तो भएको जानकारी पनि दिए । उनले आफूले प्राधिकरणको नृतृत्व लिएपछि हालसम्म करिब २५ प्रतिशत विद्युत महशुल घटाएको र करिव २५ लाख सर्वसाधरणलाई निःशुल्क विद्युत उपभोग गर्ने अवस्था बनाएको दाबी समेत गरे ।

प्रबन्ध निर्देशक घिसिङले भने, ‘बिल नै दिएको छैन भन्ने विषय हरेक उद्योगलाई हामीले क्याल्कुशलेशन गरेर बिल दिएका छौं । हामीले हरेक टीन वान, टि टु, टि थ्री भनेर हामी इनर्जी कति थियो, उसले कति ति¥यो र बाँकि पैसा कति हो ? भनेर हामीले यसरी बिलिङ गरेका छौं । लो प्राफाईलसहितको डाटा हामीले फेरिफाई गर्नका लागि यो डेडिकेटेड लाईन भनेको लोडसेडिङको समय घटाउनका लागि उहाँहरुले डेडिकेटेड युज गर्नुभएको हो । कसैले २४ घण्टा चलाएको होला, कसैले १८ घण्टा, कसैले २० घण्टा चलाउको होला । तर १५, १६ घण्टा लोसेसेडिङ भएको बेला त्यो चलाएकै छ ।’

‘अब विद्युत प्राधिकरण कसरी मिटरब्याजी हुन्छ ? ६ वर्षसम्म नतिर्दा पनि २५ प्रतिशत मात्रै पेनाल्टी, अनि ६० दिन नतिर्दा पनि २५ प्रतिशत मात्रै पेनाल्टी ? यो कसरी मिटरब्याजी हुन्छ ? २५ प्रतिशत मात्रै हो पेनाल्टी जति महिना ढिला भएपनि । तर तिरेन भने हामी लाईन काट्छौँ । आजको दिनमा अहिले हामीले उद्योगीहरुलाई ४ रुपैयाँ ७५ पैसा रातभरी दिइराखेका छौं । मैले इन्डियामा बेच्यो भने रातभरीमा १० रुपैयाँ आईसकेको हुन्छ । म आएपछि ३ चोटी विद्युतको प्राईस घटाइएको छ । सिंचाईको ग्राहकलाई हामीले २ रुपैया युनिटमा दिईराखेका छौं’ उनले बताए ।

प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणले आफूले आर्जन गरेको नाफा पनि विद्युतको ट्रान्समिसन लाइन लगायतको पूर्वाधार निर्माणको खर्च गरेको स्पष्टिकरण पनि दिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्