Shikhar Insurance
National Life

खानै नसकिने भयो तेल, नेपालमा खानेतेलको मूल्य अचाक्ली बढ्नुका ७ कारण

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १८, मंगलवार ०९:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा खानेतेलेको मूल्य अस्वभाविक रुपमा बढेको छ । विश्वबजारमै खानेतेल इतिहासकै महंगो बन्दा नेपाली बजारमा समेत तेलको मूल्य बढेको हो ।

उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात हुने गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारवाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मुल्य निर्धारण हुने गर्दछ । विगत डेढ वर्षदेखि विश्वमा फैलिएको महामारी कोभिड १९ र भूराजनीतिक घटनाक्रमले खाने तेलको मुल्यमा समेत अस्वाभाविक रुपमा वृद्धि हुन गएको छ । जुन हालसम्मको ऐतिहासिक मुल्यवृद्धि हो ।

अघिल्लो वर्षको मार्चको तुलनामा सोयाबिनको तेलको मूल्य दोब्बर र सनफ्लोर तेल अढाइ गुणाले बढेको छ । जसले गर्दा नेपालमा तेलको मुल्य बढेको नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको भनाइ छ ।

संघले हालका दिनहरुमा खाने तेलमा भएको मुल्यवृद्धि सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ । यहीबीचमा प्रशोधित खानेतेलमा भएको मुल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागवाट समेत पटक पटक सोधनी भएको छ ।

हाल संघमा आवद्ध रहेका २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल इत्यादी उत्पादन गरी स्थानीय बजारमा साथै निकाशी समेत गर्दै आईरहेको संघको दाबी छ ।

संघका अनुसार सदस्य उद्योगहरुले कुनै प्रकारको कृत्रिम अभाव सृजना गरेका छैनन् । हालको मुल्यवृद्धि अन्तर्राष्ट्रिय बजारमा दिनँहु भइरहेको मुल्यवृद्धिको कारणले भएको जानकारी संघले गराएको छ ।

यस्ता छन्, तेलको मूल्य बढ्नुका ७ कारण
– दुई सातामा क्रुड सोयाबिन तेलको मूल्य प्रति मेट्रिक टन ९० डलरले बढेको छ ।
– दुई सातामै क्रुड सनफ्लावर तेल पनि यस अवधिमा ५० डलर महंगिएको छ ।
– नेपालका लागी जहाज आउने हल्दिया बन्दरगाह भारतको पश्चिम बंगाल राज्यमा पर्छ । त्यस राज्यमा भएको २ महिना लामो निर्वाचन, कोभिड १९ को निषेद्याज्ञा र पेट्रोलियम पदार्थमा भएको अत्याधिक मुल्य वृद्धिको कारण हल्दियादेखि नेपाल भन्सार सम्मको ढुवानी असहज र महंगो हुन गएको छ ।
– सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्य समेत अन्तर्राष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएको छ ।
– कोभिड १९ र निषेधाज्ञाका कारण उद्योगहरु पुर्ण क्षमतामा सञ्चालन हुन नसकी करिब ४० प्रतिशत कै क्षमताको हाराहारीमा मात्र उत्पादन गरीरहेका छन् ।
– खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले एक वर्षमा कच्चा पदार्थको मुल्यमा भएको दोब्वर वृद्धिका कारण गत वर्षमा महशुल सरदर २० रुपैयाँ प्रतिलिटर रहेकोमा हाल सरदर ४० रुपैयाँ भन्दा बढी पुगिसकेको छ ।
– हालसम्म पनि चलन चल्तीको अन्तर्राष्ट्रिय मुल्य अनुसारको नेपालको मुल्य अझै परिमार्जित हुन सकेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्