Shikhar Insurance
National Life

गण्डकीमा आउने विदेशी पर्यटकको औसत बसाइ १२ दिन, दैनिक खर्च ८ हजार ३ सय

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १२:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । गण्डकी प्रदेशमा विदेशी पर्यटकको दैनिक खर्च करिब ६३ डलर रहेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार गण्डकी प्रदेशमा विदेशी पर्यटकको औसत बसाइ अवधि १२ दिन र दैनिक खर्च करिब ६३ डलर रहेको पाइएको हो ।

उक्त सर्वेक्षणमा संलग्न पर्यटकहरूको नेपालको औसत बसाईको तुलनामा गण्डकी प्रदेशको औसत बसाई ५४.५५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । अध्ययन सर्वेक्षणबाट आर्थिक वर्ष २०८०/८१ मा गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको यस प्रदेशमा औसत बसाइ अवधि १२ दिन र पर्यटकको भारित औसत दैनिक खर्च ८ हजार ३ सय ५५.२९ रुपैयाँ (अमेरिकी डलर ६२.८९) रहेको पाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भुक्तानीका माध्यम प्रयोगको विश्लेषण गर्दा यस सर्वेक्षणमा संलग्न पर्यटकमध्ये नगदका माध्यमबाट ९४.९३ प्रतिशत पर्यटकले भुक्तानी गर्ने गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गण्डकी प्रदेशमा आउने पर्यटकहरुमध्ये २१ देखि ४५ वर्ष उमेर समूहका पर्यटकहरु सबैभन्दा बढी २३ प्रतिशत र सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका पर्यटकहरु १.५ प्रतिशत रहेको देखिएको अध्ययनले देखाएको छ ।

गण्डकी प्रदेशमा आउने पर्यटकहरुको प्रदेशमा बसाईको अनुभवप्रतिको दृष्टिकोण विश्लेषण गर्दा ६० प्रतिशत पर्यटकहरु एकदमै सकारात्मक, ३४.७५ प्रतिशत सकारात्मक ५ प्रतिशत तटस्थ २०.२५ प्रतिशत नकारात्मक रहेको छ । साथै, यस अध्ययनमा अत्यधिक नकारात्मक बसाई अनुभव भएका पर्यटकहरु नभेटिएको राष्ट्र बैंकले तत्यांक मार्फत जानकारी दिएको छ ।

यस अध्ययनमा समावेश पर्यटकहरुको भारित औसत दैनिक खर्च ८ हजार २५५.२९ ९अमेरिकी डलर ६२.८९० रहेको पाईएको छ । प्याकेज लिएर गण्डकी प्रदेश घुम्न आउने पर्यटकको औसत खर्च दैनिक ११ हजार ८६६.०९ (अमेरिकी डलर ८९.२१) रहेको पाईएको छ अध्ययनले प्रष्ट पारेको छ ।

त्यसैगरी, स्वतः स्फुर्त रुपमा खर्च गर्ने गरी गण्डकी प्रदेश भ्रमण गर्न आउने पर्यटकहरुको दैनिक औसत खर्च ७ हजार २१७.२१ (अमेरिकी डलर ५४.३२) रहेको पाईएको छ । औसत दैनिक खर्चको हकमा पर्यटकहरुको सबैभन्दा बढी खर्च खानामा २८.२२ प्रतिशत रहेको छ भने बसाईमा २७६ प्रतिशत, यातायात खर्चमा २१.७ प्रतिशत र मनोरञ्जनमा १२.२ प्रतिशत देखिएको राष्ट्र बैंकले जनाएको छ ।

यस प्रदेशमा आउने पर्यटकहरुमध्ये लिगका आधारमा खर्चको प्रवृत्ति सम्बन्धमा विश्लेषण गर्दा पुरुष पर्यटकको बसाई खर्च (२८.८७ प्रतिशत), धार्मिक खर्च (१.५० प्रतिशत) र अन्य खर्च (१.४० प्रतिशत) महिला पर्यटकको तुलनामा बढी पाइयो। साथै, महिला पर्यटकहरुको खानपिन खर्च (२८.५५ प्रतिशत), यातायात खर्च (२३.६१ प्रतिशत), मनोरन्जन खर्च (१२.७८ प्रतिशत) र किनमेल खर्च (६.१२ प्रतिशत) पुरुष पर्यटकको तुलनामा बढी रहेको देखिएको छ ।

यस प्रदेशमा आउने पर्यटकहरूमध्ये महादेशका आधारमा खर्चको प्रवृत्ति विश्लेषण गर्ने क्रममा उत्तर अमेरिका महादेशबाट आउने पर्यटकहरुको बसाई खर्च (२०.०६ प्रतिशत) र यातायात खर्च (२६.७६ प्रतिशत) अन्य महादेशको तुलनामा बढी देखिएको अध्ययनले देखाएको छ ।

दक्षिण अमेरिका महादेशबाट आउने पर्यटकहरुको खानपिन खर्च (४०.८८ प्रतिशत), कर (१५.४३ प्रतिशत) र किनमेल खर्च (७.७१ प्रतिशत) अन्यको तुलनामा धेरै देखिएको छ । साथै, मनोरञ्जन खर्च (१५.८ प्रतिशत) मा युरोप महादेश, धार्मिक खर्चमा (२.०२ प्रतिशत) एशिया महादेश र अन्य खर्चमा(१.३ प्रतिशत) अष्ट्रेलिया महादेशबाट आउने पर्यटकहरुको संख्या बढी रहेको पाईएको छ।

खानपिन खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ९१.४४ प्रतिशत पर्यटकले नगदका माध्यमबाट २८.२६ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गर्ने गरेको पाईएको छ । त्यसैगरी यातायात खर्चको भुक्तानीका लागि सबैभन्दा धेरै ९६.६१ प्रतिशत पर्यटकले नगदका माध्यमबाट २३.३९ प्रतिशत पर्यटकले कार्डका माध्यमबाट भुक्तानी गर्ने गरेको भेटिएको छ ।

यसैगरी पर्यटकहरुले तिर्ने राजस्वमा पनि सबैभन्दा धेरै ९८.०२ प्रतिशत पर्यटकले नगद मार्फत भुक्तानी गर्ने गरेको पाईएको छ । गण्डकी प्रदेश भ्रमण गर्ने विभिन्न देशका पर्यटकहरुको बसाई तथा खर्चको प्रवृत्तिको अध्ययनले पर्यटक लक्षित नीति निर्माण गर्न टेवा पुर्याउँन सक्ने भएकाले यो अध्ययन गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्