Shikhar Insurance
National Life

करिब ३३ लाख लागतमा म्याग्दीको डाडागाउँमा खानेपानी आयोजना निर्माण

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार ११:२२
Hyundai
NCELL
NIMB

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल पानीको लागि स्वास्थ्य(नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो ।

आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्यचौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष टकलाल पुनले जानकारी दिए । ३ सय ३४ जनसङ्ख्या लाभान्वित भएका उनले बताए । यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने गरेको थियो । घरआँगनकै धारामा नियमित पानी आपूर्ति हुन थालेपछि उपभोक्ताको समयको बचत भएको स्थानीयवासी टुकमान जुग्जालीले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘धाराबाट पानी ओसार्दा हुने दुःख र झञ्जट हटेको छ’, उनले भने,’स्थानीयवासीको दैनिकी र जीवनशैली परिवर्तन भएको छ ।’ स्वास्थ्य र सफा खानेपानी आपूर्ति हुन थाले पनि दूषित पानीका कारण हुने स्वास्थ्य समस्या कम हुने अपेक्षा गरिएको छ । खानेपानीको व्यवस्थित र मितव्ययी प्रयोगका लागि मिटर जडान गरी हेरालु राखिएको छ ।

नेवाको १७ लाख ४० हजार आठ सय १३, गाउँपालिकाको ६ लाख दुई हजार छ सय ४९ लगानी भएको आयोजना निर्माणका लागि रु एक लाख ६८ हजार छ सय ९३ नगद सङ्कलन गरेका उपभोक्ताहरुले ७ लाख ८५ हजार पाँच सय ७७ बराबरको श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ । आयोजनाको बिहीबार मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले शुभारम्भ गर्दै स्वस्थ र स्वच्छ खानेपानी सुविधामा पहुँच बढाउन नेवासँगको साझेदारीमा डाँडागाउँसहित मालिका गाउँपालिकामा छवटा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्