Shikhar Insurance
National Life

सानिमा जिआईसीको १ लाख २३ हजार संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २३ हजार ८ सय ९३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनत्तम मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर के कति दर रेटमा खरिद गर्ने हो सो को व्यहोरा समेत खुलाई निवेदन दिनुपर्ने कम्पनीले एक सूचनामार्फत जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउँने कम्पनीले जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्