Shikhar Insurance
National Life

यी हुन टप १० करदातामा परेका पाँच बैंक, जसले तिरे २१ अर्ब रुपैयाँ

सिंहदरबार संवाददाता
२०८१ श्रावण ११, शुक्रबार १०:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । गत आर्थिक बर्ष २०८०/८१ मा धेरै कर तिर्ने १० कम्पनीहरुमध्ये आधा बैंक परेका छन् । धेरै कर तिर्ने १० कम्पनीमध्येमा परेका पाँच बैंकहरुले गत आर्थिक बर्ष २०८०/८१ मा २१ अर्ब ६७ लाख रुपैयाँ कर तिरेका हुन् । धेरै कर तिर्नेहरुको पाँचौं नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ भने छैटौं नम्बरमा नविल बैंक परेको छ । आठौं नम्बरमा ग्लोबल आइएमई बैंक पर्दा नवौं नम्बरमा एनएमबि बैंक लिमिटेड छ । धेरै कर तिर्ने कम्पनीहरुको दशौं नम्बरमा स्ट्याण्र्डर्ड चार्टर्ड बैंक लिमिटेड उक्लिएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक बर्षमा ५ अर्ब ६८ करोड ९७ लाख आयकर दाखिला गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा यो बैंकले ४ अर्ब १९ करोड कर दाखिला गरेको थियो । यस्तै, छैटौं नम्बरमा पनि निजी क्षेत्रकै नविल बैंक परेको छ । नविल बैंकले गत आर्थिक वर्ष ५ अर्ब ५२ करोड ७० लाख आयकर दाखिला गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा बैंकले ४ अर्ब ९८ करोड कर दाखिला गरेको थियो । आठौं नम्बरको ग्लोबल आइएमई बैंकले ३ अर्ब ५९ करोड ९२ लाख कर दाखिला गरेको छ । अघिल्लो वर्ष ५ अर्ब ४३ करोड कर दाखिला गर्दै बैंकतर्फ पहिलो करदाता बनि सम्मानित समेत बनेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नवौं नम्बरको एनएमबि बैंकले ३ अर्ब २४ करोड ७७ लाख कर दाखिला गरेको छ । गत वर्ष उत्कृष्ट १० मा नअटेको यो बैंक गत आर्थिक बर्ष २०८०/८१ का लागि आठौं नम्बरमा परेको हो । दशौं नम्बरमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले २ अर्ब ९४ करोड ३१ लाख आयकर तिरेको छ ।

सरकारले पुस महिनामा अग्रिम आयकरको ४० प्रतिशत, चैत र असारमा ३०/३० प्रतिशत गरी कर असुल गर्ने गर्छ । संस्थागत आयकरतर्फ सरकारले ३० प्रतिशतसम्म कर असुल गर्दै आएको छ । यस्तै भ्याटतर्फ १३ प्रतिशतका दरले कर असुल गर्दै आएको छ ।

मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज र प्रिमियम मूल्यमा सेयर निष्काशन गरेका कम्पनीहरुसँग कर असुलिएपछि बैंकहरुले गत बर्ष अतिरिक्त कर तिरेका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्