Shikhar Insurance
National Life

दुग्ध पदार्थको भुक्तानी रोकियो, किसान मारमा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार २०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । गत वर्षको बन्दाबन्दीदेखिको दुग्ध पदार्थको मौज्दात रहँदा किसानलाई समयमा नै रकम भुक्तानीमा समस्या भएको छ ।
डेरी उद्योगीसँग पर्याप्त मात्रामा दुग्ध पदार्थको मौज्दात रहँदा तोकिएको समयमा किसानलाई रकम भुक्तानीमा समस्या भएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले धेरै मौज्दात र पुनः जारी गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आउँदा भुक्तानीमा समस्या भएको बताए । यादवका अनुसार पछिल्लो समय ५० प्रतिशतले दुग्ध पदार्थको खपतमा कमी आएको छ ।
बोर्डको तथ्याङ्क अनुसार निषेधाज्ञाका कारण व्यवसायीसँग ठूलो मात्रामा दुग्ध पदार्थको मौज्दात रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बन्दाबन्दी अघि दैनिक रुपमा आठ लाख ५० हजार लिटर दुध खपत हुने गरेकोमा हाल ४ लाख ३५ हजारको हाराहारीमा मात्र खपत हुँदै आएको छ । यसैगरी, ४ हजार एक सय मेट्रिक टन बटर तथा २ हजार ५ सय मेट्रिक टन धुलो दुध मौज्दात रहेको छ ।

मौज्दात धेरै हुँदा किसानलाई समयमा भुक्तानी दिन समस्या भएको छ । ठुलो मात्रामा मौज्दात हुँदा पशुलाई दाना चोकर उपलब्ध नहुने, पशुपालन व्यवस्थापनमा असर पर्ने, दैनिक दूध संकलन तथा विक्री नहुने, दूध उत्पादन घट्ने, पशु पालनमा असहजता आउनुका साथै आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्रत्यक्ष असर परिरहेको जनाईएको छ ।

दूध तथा दुग्ध पदार्थको नियमित सेवन, कोरोना भाइरस विरुद्धको दीर्घजीवन भन्ने नाराका साथ विश्व दूध दिवसको पूर्वसन्धामा सोमबार भर्जुअल माध्यमबाट गरिएको पत्रकार सम्मेलनमा सहभागी दुग्ध क्षेत्रमा संलग्न व्यक्तिले निषेधाज्ञाको समयमा दुग्ध पदार्थको खपतमा कमी आउँदा किसानलाई रकम भुक्तानीमा समस्या भएको जनाएका थिए ।

यसैगरी, काठमाडौँ उपत्यकाका तीन जिल्लामा कडाइ गरिएको निषेधाज्ञाको समयमा दुग्ध पदार्थ ढुवानीका साधनमा अवरोध भएको गुनासो गरेका थिए ।

बोर्डले मंगलबार विश्व दूध दिवस मनाउँदै छ । विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्‍याएको योगदानको मनन गर्दै दूध माथिको पहुँच बढाउन खाद्य तथा कृषि संगठनले जुन १, २००१ वाट विश्व दूध दिवस मनाउन सुरु गरेको हो ।

नेपालमा सन् २०११ बाट केन्द्रीय दुग्ध सहकारी संघ लिले विश्व दूध दिवस मनाउन सुरु गरेको हो । सन् २०१२ बाट राष्ट्रिय दग्ध विकास बोर्डले सरोकारवालालाई सहभागी गराई विश्व दूध दिवस कार्यक्रम आयोजना गर्दै आइरहेको छ । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्