Shikhar Insurance
National Life

धेरै कर तिर्नेको सूचिमा सूर्य नेपाल नै पहिलो, १० मध्ये पाँच बैंक पर्दा नेपाल लाइफको इन्ट्री

खेमराज श्रेष्ठ
२०८१ श्रावण ११, शुक्रबार ०९:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ मा पनि सर्वाधिक कर तिर्ने कम्पनीहरुको पहिलो नम्बरमा नेपाल प्राली नै परेको छ । अर्थतन्त्रका आन्तरिक सूचकहरु कमजोर रहेको तथा आन्तरिक मागमा संकुचनका बावजुद सूर्य नेपालले गत आर्थिक वर्षमा पनि सर्वाधिक कर तिर्ने कम्पनीहरुको पहिलो नम्बर सुरक्षित गर्न सफल भएको हो ।

सिंहदरबार डटकमलाई प्राप्त एक्सक्लुसिभ विवरण अनुसार धेरै कर तिर्ने १० कम्पनीहरुमा पाँच वटा बैंक छन् भने दुई वटा दुरसञ्चार सेवा प्रदायक कम्पनी परेका छन् । सूर्य नेपालले पहिलो नम्बर ओगट्दा दोस्रो नम्बरमा सरकारी स्वामित्वको नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(एनटीसी) रहेको छ । यस्तै,  तेस्रो नम्बरमा एनसेल आजियाटा लिमिटेड रहदाँ चौथो स्थान गोर्खा ब्रुअरी प्रालीले सुरक्षित गरेको छ । धेरै कर तिर्ने कम्पनीहरुको पाँचौ नम्बरमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक आईपुगेको छ भने छैटौं नम्बरमा नविल बैंक परेको छ । धेरै कर तिर्ने कम्पनीहरुको सातौं नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पर्दा आठौं नम्बर भने ग्लोबल आइएमई बैंकले ओगट्न सफल भएको छ । धेरै कर तिर्ने कम्पनीहरुमध्ये नवौं नम्बरमा एनएमवि बैंक लिमिटेड रहँदा १० औं नम्बरमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड परेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सूर्य नेपालले गत आर्थिक वर्षमा आयकरतर्फ ५ अर्ब ९८ करोड ३४ लाख रुपैयाँ र मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ५ अर्ब ४१ करोड ५५ लाख गरी कुल ११ अर्ब ३९ करोड ९० लाख राजस्व दाखिला गरेको छ । यद्यपी असार महिनाको (भ्याट) विवरण बुझाउने मिति साउन २५ गतेसम्म हुने भएकाले भ्याट रकम अझै बढ्न सक्छ ।

सुर्य नेपाल पछिल्लो वर्षहरुमा निरन्तर धेरै कर दाखिला गर्नेको पहिलो नम्बरमा पर्दै आएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/०८० मा ११ अर्ब ६१ करोड राजस्व दाखिला गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ७२ करोड र २०७७/०७८ मा ९ अर्ब ३४ करोड कर दाखिला गरेको थियो । कम्पनीको नेपालको चुरोट बजारमा एकाधिकार जस्तै छ । विभिन्न प्रकारका चुरोट अगरबत्ती सलाई बिक्री गर्ने कम्पनीमा ५९ प्रतिशत लगानी आइटीसी लिमिटेड इन्डियाको रहेको छ । यस्तै, ३९ प्रतिशत लगानी नेपालीको छ भने २ प्रतिशत बेलायती कम्पनीको छ ।

यस्तै, दोस्रो स्थानको एनटीसीले आयकरतर्फ सबैभन्दा धेरै कर दाखिला गरेको छ । सरकारी लगानी रहेको एनटीसीले आयकरतर्फ मात्रै ६ अर्ब ५९ करोड ४९ लाख कर दाखिला गरेको छ । भ्याटतर्फ ३ अर्ब ८७ करोड ८६ लाख गरी कुल १० अर्ब ३३ करोड ३५ लाख कर दाखिला गरेको छ ।

तेस्रो स्थानको दुरसंचार सेवा प्रदायक एनसेल आजियाटाले आयकर तर्फ दोस्रो धेरै ६ अर्ब ४२ करोड २७ लाख रुपैयाँ कर दाखिला गरेको छ । भ्याटतर्फ ३ अर्ब ४३ करोड ९३ लाख गरी कुल ९ अर्ब ८६ करोड ६७ लाख कर दाखिला गरेको छ ।

चौथो स्थानको गोर्खा ब्रुअरीले आयकरतर्फ २ अर्ब १७ करोड, १७ लाख र भ्याटतर्फ ३ अर्ब ६० करोड ३३ लाख गरी कुल ५ अर्ब ७७ करोड ५० लाख कर दाखिला गरेको हो ।

पाँचौ नम्बरमा धेरै कर दाखिला गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६८ करोड ९७ लाख आयकर दाखिला गरेको छ । आर्थिक वर्ष २०७९।०८० मा यो बैंकले ४ अर्ब १९ करोड कर दाखिला गरेको थियो । यस्तै, छैटौं नम्बरमा पनि निजी क्षेत्रकै नविल बैंक परेको छ । नविल बैंकले गत आर्थिक वर्ष ५ अर्ब ५२ करोड ७० लाख आयकर दाखिला गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा बैंकले ४ अर्ब ९८ करोड कर दाखिला गरेको थियो ।

सातौं नम्बरमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ अर्ब ३५ करोड ६९ लाख आयकर दाखिला गरेको छ । आठौं नम्बरको ग्लोबल आइएमई बैंकले ३ अर्ब ५९ करोड ९२ लाख कर दाखिला गरेको छ । अघिल्लो वर्ष ५ अर्ब ४३ करोड कर दाखिला गर्दै बैंकतर्फ पहिलो करदाता बनि सम्मानित समेत बनेको थियो ।

नवौं नम्बरको एनएमबि बैंकले ३ अर्ब २४ करोड ७७ लाख कर दाखिला गरेको छ । गत वर्ष उत्कृष्ट १० मा नअटेको यो बैंक गत आर्थिक बर्ष २०८०/८१का लागि आठौं नम्बरमा परेको हो ।

दशौं नम्बरमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले २ अर्ब ९४ करोड ३१ लाख आयकर तिरेको छ । सरकारले पुस महिनामा अग्रिम आयकरको ४० प्रतिशत, चैत र असारमा ३०/३० प्रतिशत गरी कर असुल गर्ने गर्छ । संस्थागत आयकरतर्फ सरकारले ३० प्रतिशतसम्म कर असुल गर्दै आएको छ । यस्तै भ्याटतर्फ १३ प्रतिशतका दरले कर असुल गर्दै आएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्