Shikhar Insurance
National Life

उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको क्षमतामाथि सांसदहरुले उठाए प्रश्न

सिंहदरबार संवाददाता
२०८१ श्रावण १०, बिहीबार १८:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको क्षमतामाथि सांसदहरुले प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अधिकांश सांसदहरुले प्राधिकरणको नेतृत्व माथि प्रश्न उठाएका हुन् ।

सांसदहरुले प्राधिकरणको नेतृत्व आएसँगै मुलुकमा ७ भन्दा बढी हवाई दुर्घटना भएको भन्दै नेतृत्व माथि प्रश्न उठाएका हुन् । उनीहरुले विगत १९ महिनादेखि संसदीय समितिमा हवाई सुरक्षाका विषयमा भएको कामको परिणाम माग्दा समेत कुनै प्रगति विवरण समितिलाई दिन नसकेको भन्दै नेतृत्वको आलोचना समेत गरेका छन् । सांसदहरुले इयुको कालोसूचीबाट हटाउनको लागि प्राधिकरणले अहिलेसम्म गरेको काम सन्तोषजनक नभएको भन्दै परिणाम आउने गरी काम गर्न नसकेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसदहरुले प्राधिकरणको जिम्मेवारी लिएपछि ७ वटा हवाई दुर्घटना हुँदा समेत प्राधिकरणको नेतृत्व जिम्मेवार नभएको भन्दै राजीनामा दिन सक्नुपर्ने बताए । उनीहरुले नैतिकताको आधारमा नेतृत्वले राजीनामा गर्नुपर्ने उल्लेख गरे । प्राधिकरणको नेतृत्व जिम्मेवारी लिनुपर्ने भएपनि सधैँ अरुलाई दोष दिने गरेको बताए । सांसदहरुले समितिमा बोल्दै नियमन र सर्भिस दिने निकाय फरक–फरक बनाउन आवश्यक रहेको बताए । उनीहरुले नेपाली आकाश सुरक्षित छ भन्ने वातावरण बनाउन आवश्यक ऐन कानून तत्काल बनाउन आवश्यक रहेको समेत बताए ।

समितिमा बोल्दै नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाए । उनले अधिकारीले प्राधिकरणको नेतृत्व सम्हालेदेखि ७ वटा हवाई दुर्घटनामा परिसकेको भन्दै महानिर्देशकले जिम्मेवारी लिनुपर्ने बताउँदै नेपाली आकाशमा आन्तरिक मात्र नभएर विदेशी जहाजहरू समेत दुर्घटनामा परेको बताए। उनले सन् १९९६ यता साना ठूला ६० वटा जहाज दुर्घटनामा परिसकेको बताए । उनले प्राधिकरणमा अधिकारीको नेतृत्व लिए यता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेको भन्दै यसको जिम्मेवारी लिनुपर्ने उल्लेख गरे ।

समिति बैठकमा बोल्दै नेकपा एमालेकी सचेतक सुनिता बरालले हवाई सुरक्षाका विषयमा देश,सरकार र मुलुकको अभ्यास यस्तै हो ? भन्दै प्रश्न गरे । जिम्मेवार निकायहरुले परिणाम ल्याउने कुरामा विषयान्तर गर्न नहुने बताए । उनले जिम्मेवार निकायका प्रमुखहरुले परिणाम दिने कुरामा विषयान्तर गर्न खोजेको बताउँदै हवाई सुरक्षामा इयुको कालोसूचीबाट हटाउने लगायतका विषयमा मन्त्रीले प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताए । सचेतक बरालले कोरियामा नेपाली जहाज उडान गर्ने विषय प्राविधिक समस्या देखाएर अड्काएर राख्न नहुने बताए । उनले प्राधिकरणको नेतृत्व र वायुसेवा निगमको नेतृत्वले सम्बन्धित निकायहरुसँग उडान गर्न तदारुकता नदेखाएको देखिएको बताए । उनले दुतावासले प्रयास गर्दा समेत प्राधिकरण र नेपाल वायु सेवा निगमले काम नगरेको बताए ।

समिति बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्राधिकरणमा प्रदीप अधिकारी महानिर्देशक भएपछि मात्रै ७ वटा जहाज विमान दुर्घटना भएको बताए । उनले ७ वटा जहाज विमान दुर्घटनामा ११८ जनाको ज्यान गएको बताए । उनले पछिल्लो दुई वर्षमा ७ वटा विमान दुर्घटना हुनुमा नागरिक उड्डयन प्राधिकरणको नेतृत्वको कमजोरी रहेको कुरा तथ्यबाट स्पष्ट भन्न सकिने अवस्था रहेको बताए । उनले ७ वटा हवाई दुर्घटनाबाट मुत्यु भएका ११८ जनाको नैतिक दायित्व कसले लिने ? भन्दै प्रश्न गरे । उनले अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेकाले क्षमतामाथि प्रश्न उठाउन सक्ने ठाउँ रहेको बताए ।

सांसद एकनाथ ढकालले पनि सौर्य एयरलाइन्सको दुर्घटनाका विषयमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पन्छिन खाजेको बताए । उनले संसदीय समितिमा सांसदहरुले सोधेका प्रश्नबाट कोही पनि भाग्न नमिल्ने बताए । उनले संसदीय समितिमा सांसदहरुले सोधिएका प्रश्नको जवाफ दिन सक्नुपर्ने नत्र पदबाट राजीनामा दिनुपर्ने बताए । उनले हवाई सुरक्षा सम्बन्धि नियमनकारी निकायहरुको समितिमा आएको जवाफबाट सन्तुष्ट नभएको बताए । उनले नियमनकारी निकायका प्रमुखहरुले लिएको जवाफबाट आफ्नो जिम्मेवारबाट भाग्न खोजेको देखिएको बताए ।

सांसद ढकालले नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमको द्वन्द्वलाई लिएर मन्त्रीले हिँड्न नहुने बताए । उनले कोरियामा नेपाली जहाज जान नपाउने तर कोरियन जहाज नेपालमा आउने भन्दै कोरिया जहाज पनि रोक्न आवश्यक रहेको बताए । उनले कोरियन जहाज नेपाल आउन प्राधिकरणले रोके समितिले साथ दिने बताए । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले अहिलेसम्म भएका हवाई दुर्घटना र मुत्यु भएका ९६९ को जिम्मेवारी लिने बताए । उनले सबै दुर्घटनाको नैतिक जिम्मेवारी आफ्नो भएको बताए । उनले अहिले राज्यले गठन गरेको आयोग नै आधिकारीक भएको बताए । उनले आयोगले छानविन गरेर जसको गल्ति देखायो त्यसकै गल्ति हुने बताए ।

उनले समितिमा आफ्नो व्यक्तिगत रुपमा छलफल गरिएको बताए । उनले प्राधिकरणको नियममा बादलभित्र जहाज जानु हुँदैन भन्ने रहेपनि जोमसोम दुर्घटनामा पाइलटले बादलमा लैजाँदा विमान दुर्घटना भएको बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्