Shikhar Insurance
National Life

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम १४ अर्ब १३ करोड

सिंहदरबार संवाददाता
२०८१ श्रावण १०, बिहीबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.०० अंकले बढेर २५६८.११ म पुगेको हो ।

बिहिबार ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बिहिबार सानिमा जीआइसी इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३४ करोड १७ लाख ७९ हजार ९ सय ७२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ सय ३५ रुपैयाँ रहेको छ ।

साथै, आज ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने मितेरी डेभलपमेन्ट बैंकको सेयर ७.६५ प्रतिशतले घटेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्