Shikhar Insurance
National Life

हामीविरुद्ध षड्यन्त्रका तानाबाना बुनिँदैछन् : अध्यक्ष नेपाल

सिंहदरबार संवाददाता
२०८१ श्रावण १०, बिहीबार १३:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र शुरु भएको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा बसेको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले पार्टीविरुद्ध विभिन्न षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सो बारेमा यकिन नभइसकेपनि पार्टीबिरुद्ध षड्यन्त्र शुरु भएको बताउँदै षड्यन्त्रका बिरुद्धमा गहन विश्लेषण गरेर जानकारी हाँसिल गर्नुपर्ने बताए । उनले पार्टीले पूर्ण शतर्कता अपनाउनुपर्ने पनि बताए ।

उनले भने, ‘हाम्रा बिरुद्धमा अनेकौँ किसिमका षड्यन्त्रका तानाबानाहरु बुनिँदैछन् भन्नेकुरा पनि सुन्नमा आइरहेको छ । कति सत्य हो, कति असत्य हो ? थाहा छैन । तर कति सत्य हुन्, कति असत्य हुन् भनेर पनि हुँदो रहेनछ । लेखेर पनि हुँदा रहेनछ । त्यसको थोरै एनालिसिस गर्नुपर्ने रहेछ । त्यसको बारेमा हामीले जानकारी हाँसिल गर्नुपर्छ । यसअर्थमा विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग हामीले संवाद जारी राख्नुपर्छ ।’

अध्यक्ष नेपालले विभिन्न राजनीतिक दलहरुसँग, राजनीतिक शक्तिहरुसँग संवाद जारी राख्नुपर्ने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्