Shikhar Insurance
National Life

विमान दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : मन्त्री पौडेल

सिंहदरबार संवाददाता
२०८१ श्रावण १०, बिहीबार १३:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताएका छन् ।

बिहीबार बिहान त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा दुर्घटना परी ज्यान गुमाएका आफन्त र घाइते पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न पुगेका मन्त्री पौडेलले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले अहिले मृतकहरुको फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान गर्ने काम भइरहेको र बुधबार नै ४ वटा शवको पहिचान भइसकेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले शवको पहिचान भएपनि म्याचिङ गर्न बाँकी रहेको बताउँदै बिहीबार बेलुकासम्म सबैको पहिचान गरिसक्ने र शुक्रवार बेलुकासम्म आफन्तलाई जिम्मा लगाउने गरी काम भइरहेको बताए । उनले पहिचान हुन नसकेको शवहरुको भने डिएनए गर्नुपर्ने भएकाले केही समय लाग्नसक्ने बताए । उनले नेपालको हवाई क्षेत्र धेरै सुरक्षित हुन नसकेको भन्दै वर्षेनी ठूलो संख्यामा क्षति व्यहोर्नु परिरहेको बताउँदै नेपाललाई पर्यटकीय गन्तव्य बनाइरहने कुरा गर्दा यस प्रकारका असुरक्षाले क्षति पुग्ने बताए ।

उनले सरकारले भएका कमजोरी र लापरवाही पत्ता लगाएर कारबाही, सुधार र नियमन गर्ने पनि बताए । उनले पुराना र कण्डिसन बिग्रिएका जहज प्रयोग गर्न र मापदण्ड पूरा नभएका विमान उडान गर्न रोक लगाउँदै विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण बनाउनुपर्ने बताए ।

उनले भने, ‘फिंगर प्रिन्ट्स, दाँतबाट र शरीरका विभिन्न संकेतबाट पहिचान हुन नसके डिएनए गर्नुपर्ने र डिएनए गर्नुपरेको खण्डमा समय लाग्ने रहेछ । डिएनएको समय तीन, चार दिन लाग्न सक्ने कुरा आएको छ । यि तीन कुराबाट पहिचान भएको शवलाई भोलि बेलुकासम्म रिलिज गर्न सकिन्छ । छिटो भन्दा छिटो शव पहिचान गर्नेगरी काम भइरहेको छ । हिजो ४ वटा भएको छ । त्यसलाई म्याचिङ गर्न बाँकी छ ।’

‘हवाई यात्रालाई सुरक्षित बनाउनका निम्ति एयरलाइन्सहरुमा भएका कमजोरी, पुराना जहाज प्रयोग गर्ने कण्डिसन बिग्रिएका जहज प्रयोग गर्ने, मापदण्ड पूरा नभएका विमान उडान गर्न दिने, विमानस्थल भित्र जहाज उडानका लागि मैत्रीपूर्ण वातावरण गराउने काम गर्न जरुरी छ । मापदण्ड पूरा भएको जहाजलाई लापरवाही गरेर उडान गर्न दिनु हुँदैन । छानबिन समिति गठन गर्न आयोग गठन गरिएको छ । व्यवस्थित ढंगले छानबिन गर्न ४५ को समय दिइएर अध्ययन गर्न भनिएको छ । कारण, निवारण खोजेर प्रतिवेदन दिन भनिएको छ । ब्ल्याक बक्स सुरक्षित छ । दुर्घटनाको कारण गहिराइमा नै गएर खोजिनुपर्छ’ उनले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्