Shikhar Insurance
National Life

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

सिंहदरबार संवाददाता
२०८१ श्रावण १०, बिहीबार १२:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बिहिबार बसेको बैठकले रेग्मीलाई भदौ १ गतेबाट लागु हुने गरि सीईओ नियुक्त गरेको हो । रेग्मी यसअघि बैंककै सिनियर डेपुटी सीईओ थिए ।

रेग्मीसँग ३५ बर्ष भन्दा लामो बैंकिङ करिअरको अनुभव छ । उनले सन २००८ देखि त ग्लोबल आइएमई बैंकमै काम सुरु गरेका थिए । रेग्मीले फरस्ट माइक्रोफाइनान्सको अध्यक्ष र नेशनल बैंकिङ इन्स्टिच्युटको बोडी डाईरेक्टरका रुपमा काम गरिसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रेग्मीले कर्पाेरेट बैंकिङ, ट्रेड फाइनान्सिङ, ट्रेजरी, रिकभरी, मानव संसाधन र कर्पाेरेट कम्युनिकेशनमा बिशेष दख्खल राख्छन् । रेग्मीले अर्थशास्त्रमा स्नातकोत्तर उतिर्ण गर्नुका साथै बेलायतको वेल्स युनिभर्सीटीबाट एमबिए गरेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्