Shikhar Insurance
National Life

जगदम्बा इन्टरप्राइजेजले गर्‍यो एकै वर्ष साढे १५ अर्ब बढीको कारोबार

सिंहदरबार संवाददाता
२०८१ श्रावण १०, बिहीबार १३:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । जगदम्बा इन्टरप्राइजेज प्राइभेट लिमिटेड (जेईपीएल) ले सन् २०२३ मा साढे १५ अर्ब बढी रुपैयाँको कारोबार गरेको छ । बिहिबार रेयर रेटिङ एजेन्सी नेपाल लिहिटेडले सार्वजनिक गरेको तथ्यांक अनुसार जगदम्बा इन्टरप्राइजेजले १५ अर्ब ४६ करोडको कारोबार गरेको हो ।

अघिल्लो वर्ष सन् २०२२ मा कम्पनीले १५ अर्ब ४६ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यसैगरी २०२१ मा १४ अर्ब २ करोड ६० लाख रुपैयाँको व्यापार गरेको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, कम्पनीको ब्याज कभरेज रेसियो २०२१ मा ८.३८, २०२२ मा १.४८ र २०२३ मा १.१७ रहेको छ । कम्पनीले १ अर्ब ८८ करोड ६० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी डबल बी र १३ अर्ब ९२ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर र जम्मा १५ अर्ब ८० करोड ६० रुपैयाँको बैंकिङ कर्जाका लागि रेटिङ पाएको केयर रेटिङ्स नेपालले उल्लेख गरेको छ ।

कम्पनीले एमएस ब्ल्याक र ग्याबजाइज्ड पाइप उत्पादन गर्दै आएको छ । कम्पनीले जगदम्बा र जगशक्ति ब्राण्डमा आइरन तथा स्टीलका प्रडक्ट उत्पादन गर्दछ । कम्पनीको उद्योग पर्साको जीतपुरमा छ । कम्पनीको उत्पादन क्षमता वार्षिक ९ लाख २० हजार ६ सय टन रहेको छ ।

जेईपीएल एक प्राइभेट लिमिटेड कम्पनी हो, जुन मार्च २९, २००१ मा स्थापित भएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्