Shikhar Insurance
National Life

दशैं अघि नै कोरोना बीमितको १० अर्ब भुक्तानी दिने तयारी

२०८१ श्रावण १०, बिहीबार ११:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले दशैं अघि नै कोरोना बीमाको १० अर्ब रुपैयाँ भन्दा बढी रकम भुक्तानी दिने तयारी गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले निर्जीबन बीमा कम्पनीका सीईओहरुसँगको छलफलमा दशैं अघि नै कोरोना बीमाको १० अर्ब रुपैयाँ भन्दा बढी रकम भुक्तानी दिने गरि काम अघि बढाउने आश्वासन दिएका हुन् । अर्थमन्त्री पौडेलले साउन ४ गते नेपाल आर्थिक पत्रकार संघ(नाफिज)का पदाधिकारीहरुसँगको भेटमा पनि कोरोना बीमाको बाँकी दावी भुक्तानीको गाँठो फुकाउने बताएका थिए ।

“कोरोना बीमितले आफ्नो दावी वापतको रकम छिट्टै पाउनु हुनेछ, त्यसबारे अर्थ मन्त्रालय छिट्टै निष्कर्षमा पुग्दैछ ।”, मन्त्री पौडेलले भनेका थिए । उनले कोरोना बीमाका कारण सर्वसाधरण व्यक्तिको बीमाप्रतिको धारणा नै नकारात्मक हुनेगरी आलोचना भएको भन्दै तत्कालै उपयुक्त निष्कर्षमा पुग्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बीमा कम्पनीका सीईओहरुसँगको भेटमा पनि कोरोना बीमाको रकमले बीमा बजार बिगारेको भन्दै छिट्टै भुक्तानी दिने गरि योजना बनाउन भनेका हुन् । मन्त्री पुनले नेपाल बीमा प्राधिकरणका अध्यक्षसँग पनि यसबारेमा छलफल गरिसकेका छन् । “कोरोना बीमाको भुक्तानी कसरी गर्ने भन्नेबारे बीमा प्राधिकरणले विभिन्न विकल्प दिएको छ, हामी उपयुुक्त विकल्प के हुन सक्छ भनेर छलफल गरिरहेका छौँ ।”, मन्त्री पौडेलले भने ।

त्यसो त कोरोना बीमा पोलिसी नै केपी ओली प्रधानमन्त्री र डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला बजेटमा समेटिएको थियो । एमालेकै लिगोसी जोडिएको कोरोना बीमाको दावी भुक्तानी रोकिँदा गलत सन्देश गैरहेको देखिन्छ । अहिले कोरोना बीमालार्य बजेटमै समावेश गराउने तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आर्थिक सल्लाहकारको जिम्मेवारीमा छन् । उनले पनि कोरोना बीमाको दावी भुक्तानी फर्स्योटमा बिशेष चासो राखिरहेको अर्थमन्त्रालय स्रोतले बतायो ।

कोरोना बीमाको संसोधित मापदण्ड अनुसार दावी भुक्तानी दायित्वमा १ अर्ब रुपैयाँसम्म बीमा कम्पनीहरुले तिर्ने, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म नेपाल पुनर्बीमा कम्पनीले तिर्ने, २ अर्बदेखि २ अर्ब ५० करोड रुपैयाँसम्म कम्पनीहरुको महाविपत्ती कोषबाट र २ अर्ब ५० करोडदेखि ३ अर्ब ५० करोड रुपैयाँसम्मको दावी भुक्तानी दायित्व बीमा प्राधिकरणले तिर्ने उल्लेख छ । ३ अर्ब ५० करोड रुपैयाँ भन्दा माथिको नेपाल सरकारले ब्याहोर्ने सो मापदण्डमा उल्लेख छ । अहिले एक लाख ४० हजार भन्दा बढी बीमित कोरोना बीमाको दावी भुक्तानी कुरिरहेका छन् ।

‘कोरोना बीमाका कारण बीमा प्रति नागरिकको विश्वास नै घटिरहेको छ, सरकारले स्वीकार गरेको दायित्व अनुसारको रकम नदिएपछि बीमा कम्पनीहरुले त्यसको नकारात्मक प्रभाव खेप्नु परेको छ, सरकारले नै बीमा बजार प्रतिको विश्वसनीयता घटाउन भूमिका खेलेको जस्तो भैरहेको छ’, बीमक संघका महासचिव तथा नेको इन्स्योरेन्सका सीईओ अशोक कुमार खड्काले सिंहदरबारसँग भने ।

कोरोना बीमा पोलिसी बेचे वापत ३ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी दायित्व सृजना भएमा सम्पूर्ण दायित्व नेपाल सरकारले व्यहोर्ने निर्णयमा तत्कालिन अर्थ सचिव शिशिर ढुंगानाले २०७७ साल साउन १६ गते सचिवस्तरिय निर्णय गर्दै हस्ताक्षर गरेका थिए । सोही आधारमा साउन १८ गते कम्पनीले सोही निर्णयका आधारमा नेपाल सरकारलाई पुनर्बीमक मान्दै कोरोना बीमाको पोलिसी पुनः जारी गरेका थिए ।

सरकारले २०७९ को संसदीय निर्वाचिन अघि कोरोना बीमा वापतको एक अर्ब रुपैयाँ रकम उपलब्ध पनि गराएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्