Shikhar Insurance
National Life

७५ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको खुद नाफा, जगेडा कोषमा कति ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण १०, बिहीबार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव २०८०/८१ मा साढे २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले १ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७५.०३ प्रतिशत बढी हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १८.१९ प्रतिशत बढेर करिब ८ करोड ३० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी २ करोड ४७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गत आव २०८०/८१ मा संस्थाको कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशतले बढेर १० करोड ८७ लाख ४६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १९४.३८ प्रतिशतले बढेर करिब ३ करोड रुपैयाँ पुगेको छ ।

संस्थाको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ। संस्थाको प्रतिसेयर आम्दानी २२ रुपैयाँ १६ पैसा पुगेको छ । लघुवित्तको चुक्ता पूँजी १० करोड ७६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्