Shikhar Insurance
National Life

कामना सेवा विकास बैंकको नाफा ६७ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचक

सिंहदरबार संवाददाता
२०८१ श्रावण १०, बिहीबार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंककाे गत आव २०८०/८१ मा अधिकांश वित्तीय सूचकमा सुधार आएको छ । बुधबार(साउन ९) गते सार्वजनिक गरेको गत आवको वार्षिक वित्तीय विवरणबाट यस्तो देखिएको हो।

गत आव २०८०/८१ मा बैंकले ६० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ६६‍‍.९३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ३६ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवमा बैंकको वितरणयोग्य मुनाफा ३५ करोड ७८ लाख ८० हजार रुपैयाँ रहेको छ । समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात (एनपीएल) ३.२१ प्रतिशत रहेको छ। अघिल्लो एनपीएल ३.०९ प्रतिशत रहेको थियो। खराब कर्जा मेन्टेन गर्न बैंकले ३० करोड ४० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका रुपमा छुट्याएको छ। अघिल्लो वर्ष यस्तो चार्ज ५२ करोड २६ लाख रुपैयाँ छुट्याइएको थियो।

गत आवमा बैंकको सञ्चालन मुनाफा ९७ करोड ८४ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६३ करोड ९१ लाख रुपैयाँ थियो। समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी पनि अघिल्लो वर्षको तुलनामा २.७८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६ करोड ७६ लाख रुपैयाँ रहेकोमा समीक्षा वर्षमा बढेर २ अर्ब १२ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

समीक्षा वर्षमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १८.३८ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ११.०१ प्रतिशत थियो। ईपीएस ६६.९४ प्रतिशतले बढेको छ। बैंकको पीई रेसियो २२.६३ गुणा र प्रतिशेयर नेटवर्थ १६४.४८ रुपैयाँ रहेको छ ।

चुक्तापुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ रहेको कामना सेवा विकास बैंकको रिटेन्ड अर्निङमा ३५ करोड ७८ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ५ करोड २७ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ४० करोड १७ लाख रुपैयाँ रहेको थियो।

गत आव २०८०/८१ मा बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५३ अर्ब ४७ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब ८५ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्