Shikhar Insurance
National Life

टेलिकमले थप्यो इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार १८:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ । टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको ‘फाइबर टु द होम’ इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थप गरेको हो ।

नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्ने देखि आफ्नो आवश्यकता अनुसारका ‘फाइबर टु द होम’ सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्ने जनाएको छ । यसैगरी, नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवाका ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा शुल्क प्रणाली बमोजिमका Basic तथा Premium Package खरिद गर्न सकिने व्यवस्था गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु subscription गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न सक्ने टेलिकमले जनाएको छ । यस सेवा सञ्चालनसँगै ‘फाइबर टु द होम’ सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टर सम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भई ग्राहकको समय तथा श्रमको बचत हुने विश्वास कम्पनीको रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्