Shikhar Insurance
National Life

बीआरआई परियोजना विस्तृत छलफल गरेर मात्रै अघि बढ्छ : परराष्ट्रमन्त्री राणा

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार १६:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धि सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा लैजान नसकिने बताएकी छिन् । सो परियोजना कार्यान्वयन सम्बन्धि योजनाबारे विभिन्न अड्कलबाजी भईरहेका बेला मन्त्री राणाले सो अडान राखेकि हुन् ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सो परियोजना कार्यान्वयन योजनाबारे विस्तृत छलफल हुनै बाँकी रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सो परियोजना अघि बढाउनका लागि व्यापक छलफलमा ल्याउनका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास पनि मन्त्री राणाले व्यक्त गरिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सो परियोजना कुन मोडालिटीमा अघि बढाउने भन्ने बारेमा सरकार भित्र छलफल भएपछि संसद, संसदीय समिति र सम्बन्धित पक्षहरुसँग पनि विस्तुत छलफल गरेर अघि बढाइने बताइन् । एमसीसी संसदमा समेत व्यापक छलफल भएको उल्लेख गर्दै मन्त्री राणाले सरकारले विभिन्न देशसँग गरेको सम्झौता कार्यान्वयन गर्दा सबैसँग छलफल गरेर अघि बढाउन जरुरी रहेको बताइन् ।

उनले भने, ‘बीआरआई सम्बन्धि पनि जति पनि कुराहरु आइरहेका छन् । त्यसमा पनि एउटा ब्रड फ्रेमवर्क २०१७ मा नै साईन भएको हो । र इम्पिलिमेन्टेशन डकुमेन्टको बारेमा चाँही छलफल मात्रै सुरु भएको छ । अहिले यही नै गरिहाल्ने, यो मोडालिटीमा जाने अव यो ऋण लिने हो कि लोन लिने हो कि ? कुन कुन प्रोजेक्टमा जाने भन्ने त्यो कुनै पनि तय भएको छैन । अव यसमा लार्जर छलफलमा जानुपर्छ । कुनैपनि टिटीहरु साईन गर्ने भन्दा अगाडि बर्डर डिस्कशन गर्नु पर्छ ।

एक पटक गभर्मेण्ट भित्र छलफल भएपछि यसलाई हामी समितिमा उपलब्ध गराउँछौ । समितिले छलफल गरेर अनि कुन कुन कुरामा जाने भन्ने विषय अहिले पनि छलफलमा छ । बीरआरआई भनेको अहिले फ्रेमवर्कमात्रै हो । बीआरआई भन्ने वित्तिकै एकदमै डराएर भाग्नुपर्ने जस्तो पनि लाग्दैन । यसमा कसरी जाने भन्नेबारेमा छलफल हुन बाँकि नै छ । यो छलफलमा हामी सबैले भाग लिनुपर्छ भन्ने लागेको छ’ उनले बताइन् ।

मन्त्री राणाले सो परियोजनाबारे डराउनुपर्ने कुनै विषय नभएको बताइन् । सम्बन्धित सबै पक्षसँग छलफल गरेर अघि बढाउने उनको भनाइ थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्