Shikhar Insurance
National Life

उद्योग समितिमा सांसदको हाजिरी सार्वजनिक गर्न सचिवालयलाई निर्देशन

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार १६:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । संसदीय समिति बैठकमा सांसदहरु नियमति रुपमा उपस्थित नभएपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कडाई गर्ने भएको छ ।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको विषयमा तथ्याङ्क सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गरेको छ । संसदीय समिति बैठकहरुमा सांसदहरुको उपस्थिति कमी हुने गरेकाले बैठकमा उपस्थिति सार्वजनिक गरी कडाई गर्न थालेको देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकमा समिति सभापति अब्दुल खानले ३७ वटा समिति बैठकमा कुन सांसद कति पटक सहभागिता जनाएको हो त्यसको तथ्याङ्क सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिए । उनले पछिल्लो समय समितिमा धेरै विधेयकहरुको विषयमा छलफल गर्नुपर्ने भएपनि सांसदहरुको उपस्थिति कमजोर रहेकाले बैठकमा सहभागिता भएको तथ्याङ्क सार्वजनिक गरिने बताए ।

उनले समिति बैठकमा सांसदहरुको सहभागितालाई नियमित गराउनको लागि ३७ बैठकमा कुन सांसद कतिवटा बैठकमा सहभागिता भएको तथ्याङ्क सचिवालयको वयवसाइटमा सार्वजनिक गर्न सचिवालयलाई निर्देशन गरे ।

उनले भने, ‘अहिलेसम्मका समिति बैठकमा कुन सदस्य कति बैठकमा सहभागिता जनाएका छन् त्यसको सूची निकाल्नु प¥यो । उक्त सूचि वेबसाइटमा राख्न समिति सचिवालयलाई निर्देशन दिन्छु । समितिको ३७ वटा बैठक भएको छ । त्यसमा कुन सांंसद कति वटा बैठकमा सहभागिता हुनु भएको छ । त्यो तथ्याङ्क निकाल्नलाई सचिवालयलाई निर्देशन गर्दछु ।’

उनले समिति बैठकहरु सांसदहरुको उपस्थितिलाई सबैले जानकारी पाउने गरी समितिले सार्वजनिक गर्ने निर्देशन दिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्