काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.३२ अंकले घटेर परिसुचक २५६३.११ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बुधबार ३११ कम्पनीको ४ करोड ७ लाख ४७ हजार २ सय २६ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३ सय १४ रुपैयाँ ५३ पैसा कारोबार भएको छ ।
बुधबार ४६ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बुधबार हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख ४६ हजार ४ सय ५२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ६ सय ६३ रुपैयाँ रहेको छ ।
साथै, आज ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर ७.७९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्