Shikhar Insurance
National Life

तरकारी खेतीबाट वार्षिक ६ लाख आम्दानी गर्दै कैलालीका चौधरी

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार १४:३६
Hyundai
NCELL
NIMB

कैलाली । यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनले तरकारी खेतीबाट वार्षिक ६ लाख बचत गर्ने गरेको बताए ।

“विगत २६ वर्षदेखि परम्परागत रुपमा तरकारी खेती गर्दै आएको थिएँ । पछिल्ला केही वर्षयता व्यवसायलाई व्यवस्थित र विस्तार गर्दै लगेको छु”, चौधरीले भने । अहिले १५ कठ्ठा जग्गामा तरकारी खेती विस्तार गरिएको बताउँदै उहाँले वर्षभरिमा सबै खर्च कटाएर ६ लाखसम्म बचत हुने गरेको जानकारी दिए । ‘यस वर्षको वर्खा याम सुरु भएदेखि हालसम्म १ लाख ५० हजारको तरकारी बिक्री गरिसकेको छु’, चौधरीले भने,’अहिले दैनिक ५० देखि ६० किलो तरकारी बिक्री हुन्छ । भिन्डी प्रतिकिलो एक सय, बोडी रु दुई सय, करेला रु एक सयमा बिक्री हुने गरेको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिजन अनुसारका सबै किसिमका तरकारी लगाउने गरेको चौधरीले बताए । ‘उत्पादित तरकारी बेच्न समस्या छैन । धनगढीस्थित हाटबजारमा लगेर बिक्री गर्छु’, उनले भने,’आम्दानीको स्रोत नै यही व्यावसाय हो । यसमा लगानी कम र मेहनत बढी छ । मेहनत गर्दा धान गहुँभन्दा तरकारीमा आम्दानी कमाइ मनग्य हुन्छ ।’ पाँचजना परिवारको सबै खर्च तरकारी खेतीबाटै भइरहेको चौधरीले जानकारी दिए ।

‘दुई छोरा र एक छोरी विद्यालय पढ्छन् । पढाइलेखाइ, औषधि उपचार सबै खर्च यसबाट सञ्चालित छ’, उनले भने, ‘अन्यन्त्र गएर मजदुरी गर्नु भन्दा आफ्नै घरमा बसेर काम गर्न पाउँदा सन्तुष्ट छु ।’ तरकारी बिक्रीबाटै भएको आम्दानीबाट विसं २०७५ मा चार कोठाको पक्की घर बनाएको चौधरीले बताए । सिँचाइको राम्रो व्यवस्था हुनसके तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिने उनको भनाइ छ । सोही वडाको मटियारीका बिखलु रानाले पनि लामो समयदेखि तरकारी खेती गर्दै आएका छन् । रानाले आठ कठ्ठा जग्गामा व्यावसायिक तरकारी खेती गर्ने गरेको बताउँदै तरकारी खेतीबाट वार्षिक ३ लाखसम्म आम्दानी हुने गरेको उनले जानकारी दिए ।

‘तरकारी खेतीबाट भएको आम्दानीले सहज जीविकोपार्जन भइरहेको छ । सबै खर्च कटाएर वार्षिक तीन लाखसम्म बचत हुन्छ’, उनले भने,’तरकारी बेच्नलाई बजार कुनै समस्या हुँदैन् । नजिकैको हाटबजारमा लगेर बिक्री गर्छु ।’ स्थानीय सरकारले किसानलाई अनुदानमा बीउका साथै प्राविधिमा सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्