Shikhar Insurance
National Life

काठमाडौं उपत्यकामा पोलियोविरुद्ध खोप अभियान सञ्चालन

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार १२:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । आज(साउन ९ गते) देखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा पोलियो विरुद्धको विशेष खोप अभियान सञ्चालन भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंको टुकुचाखोला र वाग्मती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौं, ललितपुर र भक्तपुरमा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

शाखाप्रमुख गौतमका अनुसार जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ‘ओपिभी’ खोप खुवाउने छन् । अभियान १२ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत दुई लाख ८० हजार बालबालिकालाई खोप खुवाइने उनले बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्