Shikhar Insurance
National Life

कालिका लघुवित्तले माग्यो ६१ कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि ६१ जना कर्मचारी माग गरेको छ । कम्पनीले सुपरभाईजरका लागि १५ जना, वरिष्ठ सहायक पदका लागि ७ जना, सहायक पदका लागि १४ जना र कनिष्ठ सहायकका लागि २५ जना कर्मचारी माग गरेको हो ।

संस्थाले विभिन्न पदका लागि सोही अनुरुप नै योग्यता माग गरेको छ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । संस्थाले सुपरभाईजरका लाथि स्नातक तह उत्तीर्ण गरेको वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा निकटतम तल्लो पदमा ३ वर्षको अनुभव लिएको हुनु पर्ने जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, बरिष्ठ सहायकका लागि स्नातक तह उत्तीर्ण गरेको वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा निकटतम तल्लो पदमा न्यूनतम २ वर्षको अनुभव भएको वा एसएलसी परीक्षा उत्तीर्ण गरी निकटतम तल्लो पदमा न्यूनतम ३ वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।

त्यस्तै, कम्पनीका अनुसार सहायकका लागि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण वा एसएलसी परीक्षा उत्तीर्ण गरी ना निकटतम तल्लो पदमा न्यूनतम २ वर्षको कार्यानुभव भएको हुनु पर्ने जनाएको छ ।

त्यसैगरी, कनिष्ठ पदका लागि एसएलसी उत्तीर्ण वा एसईई परीक्षामा कम्तिमा डि प्लस ग्रेड (न्यूनतम १.६० जिपिए) प्राप्त गरेको हुनु पर्नेछ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले साउन २३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्ने संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्