Shikhar Insurance
National Life

बेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ श्रावण ९, बुधबार ११:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी दिपक तुलाधरको नाममा रहेको २९ हजार ४ सय ८३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । सो सेयरहरु खरिद गर्न इच्छुक संस्थापसे शेयरधनीहरुलाई यो सूचना प्रकाशित भएको ३५ दिनभित्र फाइनान्सको प्रधान कार्यालय कमलादी, काठमाडौंमा निवेदन दिनुपर्ने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त मितिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि निवेदन पर्न नआएको खण्डमा प्रचलित कानूनी व्यवस्था बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउने कम्पनीले जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्