Shikhar Insurance
National Life

नेपालमा जस्तै अमेरिकामा पनि भएको थियो भक्सवागन कार घोटला, तिरेको थियो साढे १९ खर्ब जरिवाना

प्रकाश वाग्ले
२०८१ श्रावण ९, बुधबार १०:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली अटो बजारमा अहिले एउटा नयाँ बहस सुरु भएको छ । विद्युतिय गाडी (ईभि)को मोटर पिक पावर किलोवाट कम देखाएर भन्सार महसुल छलि भएको विषय । भन्सार विभागले विद्युतिय सवारी साधनहरुको आयातमा किलोवाट कम देखाई भन्सार छलि भएको निष्कर्ष निकाल्दै चुहावट भएको महसुल असुल गर्न मातहतका सबै कार्यालयहरुलाई पत्राचार गरिसकेको छ ।

अर्को, नियका राजस्व अनुसन्धान विभागले पनि बिवाईडी आयात गर्ने साइमेक्स इंकले भन्सार छलि गरेको भन्दै अनुसन्धान सुरु गरेको छ । अनुसन्धान विभागले बिवाईडी मात्रै होइन अन्य इभी कम्पनीहरुको पनि अनुसन्धान सुरु गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो विषयको बहसबाट नेपाली अटो ईन्डस्ट्रिमा भएको एउटा घोटाला कानुनि रुपमा निरुपणको बाटोमा गएको छ ।
अटो इन्डस्ट्रीमा नेपालमा माात्रै नभएर संसारभर नै यस्ता प्रकारका घोटालाहरु हुने गरेका उदाहरणहरु भेटिन्छन् । यस्तै प्रकारको एउटा अटो घोटालको बारेमा यहाँ चर्चा गरौं ।

सन् २०१६ सेप्टेम्बरमा अमेरिकी अदालतले जर्मन अटो मेकर्स भक्सवागन कम्पनीलाई १४.७ अर्ब डलर (हालको विनिमय दर अनुसार करिब १९ खर्व ६९ अर्ब नेपाली रुपैयाँ ) जरिवानाको फैसला सुनायो । भक्सवागन कम्पनीले आफ्ना डिजलकारहरुमा एक सफ्टवयरको सहायताले १० वर्ष भन्दा धेरै समय सम्म गरेको प्रदुषण घोटालामा दोसी पाइएकोले कम्पनीलाई अमेरिकी अदालतले त्यस्तो फैसला सुनाएको हो ।

यसरी भएको थियो भक्सवागन डिजल कार घोटाला

सन् २००४ मा अमेरिकाको पर्यावरण एजेन्सी (ईपीए) ले आफ्नो मापदन्डमा परिवर्तन गरेर प्रदुषणको नयाँ मापदन्ड लागु गर्यो । जसमा डिजल कारहरुको हकमा इमिसन उत्सर्जनमा नाईट्रोजन अक्साईडको मात्रा ०.०७ ग्राम प्रति माईल भन्दा कम हुनुपर्ने व्यवस्था गर्यो । तर त्यो मात्रा पहिले भने १.२५ ग्राम प्रति माईलको सिमामा रहेको थियो ।

नाईट्रोजन अक्साईड दम, ब्रोन्काइटिस, जस्ता अन्य स्वासप्रस्वासको बिरामीको प्रमुख कारक मानीन्छ । परिवर्तन भएको अमेरिकी मापदन्डले कार निर्माता कम्पनीहरु जस्तै टोयोटा, होन्डा, निसान, माज्दा, हुन्डाई लगायतलाई  ठूलो समस्यामा पार्यो । अर्थात अमेरिकाले जारी गरेको नयाँ मापदण्ड बमोजिमको कार उत्पादन गर्न कम्पनीहरुलाई निकै अप्ठ्यारो पर्यो ।

ती कम्पनीको प्रविधिबाट डिजल गाडीले मापदन्ड पुरा गर्न सम्भव नभएर उनिहरु पेट्रोल कार निर्माणमा केन्द्रीत भए । तर भक्सवागनलाई उक्त नयाँ मापदन्डले केहि असर परेन उसले सन् २००४ को लसएन्जलस अटो सो मा इतिहाँसकै पहिलोपटक डिजल कारले हरित कार अवार्ड जित्न सफल भयो ।

संसार भरका अन्य कार उत्पादक कम्पनीहरुले सोच्नै नसकेको प्रदुषण मापदन्ड भक्सवागनका लागि भने कसरी सहज भयो? सबै कम्पनीहरु अचम्ममा परे । तर यो असम्भव कार्य एक गैरकानुनि सफ्टवयरको प्रयोगले भएको थियो । भक्सवागनका इन्जिनियरहरुले गाडिको इन्जिनमा सुधार नगरेर एक अवैध सफ्टवयर गाडीमा लगाएका थिए जसबाट गाडिले चेकिङ (परिक्षण)को समयमा प्रदुषण घटि देखाउने र रोडमा चलेको बेला भने ४० गुणा सम्म बढि प्रदुषण फैलाउने गरेको थियो ।

यस्तो थियो भक्सवागनले प्रयोग गरेको सफ्टवयर

भक्सवागनका इन्जिनियरहरुले कारको इन्जिनमा सुधार नगरी कारको प्रदुषण जाँचको लुपहोललाई प्रयोग गरेका थिए । जाँचको क्रममा गाडी जाँच उपकरणमा खडा हुने भएकाले गियर रेसियो, स्टेरिङ, स्टेरीङ ह्विल आईडल पोजिसन वा सामान्य अवस्थामा रहने गर्दछ । त्यस स्थितीलाई कारमा जडान गरेको सफ्टवयरले पहिचान गरी त्यस समयमा कम्वक्सन फ्युल कम गर्दै नजलेको अतिरिक्त इन्धनलाई वाइपास गर्ने गर्दछ जसबाट जाँचको समयमा नाईट्रोजन अक्साईडको मात्रा मापडण्ड भन्दा अत्यन्तै कम देखिने गरेको थियो । तर सोही गाडी रोडमा  गुड्दा भने नाईट्रोजन अक्साईडको मात्रा मापदण्ड भन्दा ४० गुणाले बढि रहेको पछि पत्ता लागेको थियो । त्यसपछि भक्सवागनलाई सन २०१६ सेक्टेम्बरमा अमेरिकी अदालतले १४.७ अर्ब डलर जरिवाना गरेको थियो ।

सवारी परिक्षण कार्याल टेकूमा रहेको विद्युतिय गाढीको पिक पावर किलोवाट मापन गर्ने चेसिस डाइनामो मिटर

नेपालमा आयात गरिएको इभीमा यसरी भएको छ किलोवाट छली

नेपालमा इभी आयातमा सरकारले इभी गाडीको मूल्यमा नभई पिक पावर किलोवाट अनुसार भन्सार महसुल लगाउने गरेको छ । नेपालमा गाडी पठाउने कम्पनीहरु र आयातकर्ताले इभीमा वास्तविक किलोवाट नदेखाई कागज मात्रै किर्ते गरेको भन्सार विभाग र राजस्व अनुसन्धान विभागको निष्कर्ष छ । नेपालमा इभी आयातकर्ताहरुले किलोवाट छलि गरेको विषय १ सय वटा आधारबाट प्रमाणित गर्न सकिने यातायात व्यवस्था विभागका एक कर्मचारीले बताए ।

ती कर्मचारीले सिंहदरबारसँग भने, ‘नेपालमा इभी आयातकर्ताले कर छलि गर्न झुटो कागजात खडा गरेको १०० वटा आधारबाट पुष्टी गर्न सकिन्छ, अहिले कर छलिमा रमाइरहेका इभी आयातकर्तालाई भोलिको दिनमा ठूलो समस्या पर्ने देखिन्छ।’

नेपालमा आयात भएको ईभिमा भैरहेको किलोवाट छली भक्सवागनको नाईट्रोजन अक्साईड मात्रा छलिसँग मिल्दो-जुल्दो रहेको छ । नेपालमा इभिको मोटर क्षमता मापन गर्नका लागि चेसिर डाइनामो मिटरको प्रयोग गरिन्छ । यो मिटरबाट गाडी क्षमता जाँच गर्दा गाडिलाई ह्विल र्याम्पमा राखेर चक्का घुमाएर त्यसमा लागेको पावर जाँच गरिन्छ ।

यसरी जाँच गर्दा गाडिमा रहेको प्रविधि ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) मा सेटिङ गरेर जाँचको समयमा कम पावरमा चल्ने बनाउन सकिन्छ । तर जाँच सकिएर गाडी सडकमा गुड्दा भने पुर्ण क्षमतामा चल्ने व्यवस्था गरेर ठगी गरेको पाइन्छ । अहिले अधिकांस इभी गाडीले सोही प्रविधि प्रयोग गरिरहेका छन् ।

यहि कन्फिडेन्समा इभी आयातकर्ताहरुले धमाधम किलोवाट घटाएर गाडी आयात गरिहरेका छन् । नेपालमा आयात भैरहेका इभिमा भने उत्पादक कम्पनीले नक्कली काजजात बनाउन सहयोग गरिरहेका छन् । यसको पुष्टी नेपाल भन्सार समक्ष चिनियाँ भन्सारले पुष्टी गरिसकेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्