Shikhar Insurance
National Life

‘यामाहा एरोक्स १५५’ ले ११ दिनमा सम्पन्न गर्‍यो काठमाडौंदेखि लद्दाखसम्मको यात्रा

सिंहदरबार संवाददाता
२०८१ श्रावण ८, मंगलवार १८:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । यामाहा एरोक्स १५५ ले काठमाडौंदेखि भारतको लद्दाखसम्मको यात्रा सम्पन्न गरेको छ । यामाहा एरोक्स १५५ अन्तर्गत सोलो ट्राभल अवशिस ओझाले ११ दिनमा ५००० किलोमिटर भन्दा बढी यात्रा गरेका हुन् ।

ओझाले यात्रा दौरान साहस, जोश र अटल संकल्पलाई आफ्नो दृढ संकल्प र प्रमाणको रूपमा खडा गरेका थिए । आफ्नो यात्राको क्रममा, उनले विभिन्न भूभाग र मौसमको सामना गर्दै उक्त ठाउँको रोमाञ्चक र अद्भुत प्राकृतिक परिदृश्यहरूसँग आफुलाई जोड्दै ती ठाउँहरुलाई गहिरो रूपमा आत्मसात गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो कठिन यात्रामा, यामाहा एरोक्स १५५ ले असाधारण, अद्वितीय पर्फर्मेन्सको उदाहरण प्रस्तुत गर्नुका साथै आफूलाई बलियो र भरपर्दो साथीको रूपमा प्रमाणित गरेको कम्पनीले जनाएको छ । एरोक्स १५५ स्कुटरमा रहेको एडभान्स लिकउइड कुल्ड इन्जिनले लद्दाखको उच्च स्थानमा पनि आफ्नो दक्षता प्रस्तुत गर्‍यो। यसको चुस्त ह्यान्डलिङ र आधुनिक एफआई प्रविधिले ओझालाई घुमाउरो पहाडी सडकहरूमा सहज र स्थिरताका साथ यात्रा गर्न सजिलो बनाएको थियो।

यसको अतिरिक्त, स्कूटरको आरामदायी सीट र एर्गोनोमिक डिजाइनले बिना कुनै झन्झट र थकान बिना पनि घन्टौं समय सम्म यात्रा गर्न सक्ने कुराको सुनिश्चितता गर्‍यो। एरोक्स १५५ मा सिटको मुनि आवश्यक सामान बोक्न सक्ने भण्डारण थियो, जबकि उन्नत ब्रेकिङ प्रणालीले ठाडो उकालो र कठिन भू-भागहरूको सामना गर्न आत्मविश्वास र सुरक्षा प्रदान गरेको कम्पनीले जनाएको छ ।

एम ए डब्लू राइदकी सी यम ओ पुनम सिंहले, ओझाको उपलब्धि र एरोक्स १५५ को प्रशंसा गर्दै भने, ‘यो उल्लेखनीय यात्रा पूरा गरेकोमा अवशीस ओझाप्रति हामी असाध्यै गौरवान्वित छौं। एडभान्स लिकउइड कुल्ड इन्जिन, आधुनिक टेक्नोलोजी र एर्गोनोमिक डिजाइन जस्ता सुविधाहरूले अवशीसको सफल अभियानले स्कूटरको क्षमतालाई हाइलाइट गर्दछ र सबै उत्साहीहरूलाई उनीहरूको कम्फर्ट जोन भन्दा बाहिर गएर विभिन्न चुनौतीपूर्ण भू-भागहरूको सामना गर्न प्रेरित गर्दछ र एरोक्स १५५ को वास्तविक क्षमताकाई देखाउँदछ।’

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्