Shikhar Insurance
National Life

लुम्बिनी प्रदेशमा पनि राष्ट्रिय सभामा पराजित भए ओलीका उम्मेदवार, पाण्डेय विजयी

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १७, सोमबार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा पनि ओलीका उम्मेदवार पराजित भएका छन् । लुम्बिनीको राष्ट्रिय सभा उप निर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् ।

पाण्डेयले ओली नेतृत्वको एमाले उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत मात्रै पाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पाण्डेलाई एमाले माधव नेपाल समुह, काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको साझा उम्मेदवार बनाईएको थियो ।

खड्कालाई जसपाको महन्थ ठाकुर पक्षको साथ थियो । निर्वाचनमा प्रदेशतर्फ ८३ र स्थानीय तहतर्फ २१४ गरी २९७ मत खसेको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्