Shikhar Insurance
National Life

जगदम्बा मोटर्सको ‘माइलेज टेस्ट’ पोखरामा सम्पन्न, ५० राइडरहरू सहभागी

सिंहदरबार संवाददाता
२०८१ श्रावण ८, मंगलवार १७:०६
Hyundai
NCELL
NIMB

पोखरा । टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । साउन ५ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको पोखरा स्थित शोरूम स्क्वायर मोटर्सबाट सुरु भएर सेभेन लेक्स रिसोर्ट, लेखनाथ पुगेर समापन भएको हो ।

उक्त राइडको क्रममा करिब ५० राइडरहरूले माइलेज टेस्ट एनओजी राइडमा भाग लिएका थिए र सहभागीहरूबीच विभिन्न खेलहरू पनि खेलाइएको थियो । स्क्वायर मोटर्सदेखि सेभेन लेक्स रिसोर्ट सम्म माइलेज टेस्ट गर्दा ७७.२ किलोमिटर माइलेजसहित दीनानाथ अधिकारी विजेता हुन सफल भएका थिए भने, ७५.३८ किलोमिटरको माइलेजसहित रोशनी लामिछाने दोस्रो र ७३.८४ किलोमिटरका राइडसहित सुमन देवकोटा तेस्रो हुन सफल भएका थिए । सबै राइडरहरूलाई सहभागिताको प्रमाणपत्र समेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरु अपनाई नेपाल सरकारको अनुमती लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । टिभिएसको पोखराको शोरुम, स्क्वायर मोटसका ओनर बिनोदमान श्रेष्ठले सबै सहभागीहरूलाई भव्य स्वागत गरेका थिए । टिभिएसकी प्रोडक्ट हेड करुना पुडासैनीका अनुसार उक्त राइड गर्नुको मुख्य लक्ष्य नेपालमा १ लाख एनटर्क बिक्री भएको उपलब्धि मनाउनु र एनटर्कको माइलेज, पावर र पर्फर्मेन्स प्रति विश्वास बढाउनु रहेको कम्पनीले जनाएको छ ।

उक्त राइडमा हेड मार्सलले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी तथा राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए । यो अविस्मरणीय राइडले टिभिएस एनटर्कको लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा मात्र नभई एनटर्क ओनर ग्रुपका राइडरहरू बीचको सद्भावलाई पनि बलियो बनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्