Shikhar Insurance
National Life

२५ लाख कित्ता आइपीओ निष्कासन गर्दै साशा इन्जिनियरिङ, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

सिंहदरबार संवाददाता
२०८१ श्रावण ८, मंगलवार १६:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । साशा इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आइपीओ मार्फत धितोपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुन आउने २५ लाख कित्ता साधारण सेयरहरु आइपीओ निष्कासन गर्न लागेको हो ।

उक्त मार्फत धितोपत्र निष्कासनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साशा इन्जिनियरिङ्ग हाइड्रोपावरले दोलखा जिल्लामा अवस्थित खानि खोलाको पानि प्रयोग गरि ३० मेगावाट क्षमताको खानि खोला (दोलखा) जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत ऐन, २०४९ बमोजिम विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरि उक्त आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति खरिद बिक्री गर्नका लागि नेपाल विद्युत प्राधिकरण संग विद्युत खरिद–बिक्री सम्झौता समेत गरिसकेको कम्पनीले जनाएको छ ।

हालसम्म उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्