Shikhar Insurance
National Life

संविधान संशोधन गर्दा ‘नो भोट’ को पनि व्यवस्था गर्नुपर्छ : सांसद किराँती

सिंहदरबार संवाददाता
२०८१ श्रावण ८, मंगलवार १६:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सत्तारुढ काँग्रेस–एमालेले दुई दलीय प्रणालीको अवधारणा अघि बढाएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले धेरै दलमध्येबाट एउटा दलले जित्ने कुरा मुख्य कुरा हुने भन्दै दुई दलीय प्रणालीको अवधारणा सही नभएको प्रतिक्रिया समेत दिए । सांसद किरातीले संविधान संशोधन गर्दा अग्रममनका एजेण्डालाई अघि बढाउन पनि सत्तारुढ गठबन्धनलाई सचेत गराए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले संविधान संशोधन गर्दा नो भोटको पनि व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘दुई दलीय प्रणालीको पनि कुरा यहाँ उठेको छ । के लोकतन्त्रमा दुई दल मध्ये एउटा दल छान्नु लोकतन्त्र हो ? कि धेरै दलमध्ये एउटा दल छान्नु लोकतन्त्र हो ? खेलकुदमा एक जनाको जित्छ, जसले मेहनत गर्छ । अरुलाई रेखाभन्दा बाहिर निकालेर होइन । त्यसकारण लोकतन्त्रमा जनतालाई बलियो बनाउनका निम्ति संविधान संशोधन गर्दाखेरी धेरै अग्रममनका एजेण्डाहरु हालेर त्यसमा नो भोटको सिष्टम पनि गर्नुपर्छ ।’

सांसद किराँतीले जनतालाई बलियो बनाउने गरी संविधान संशोधन हुनुपर्ने जिकिर पनि गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्