काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ मा पुगेको हो ।
म्ंगलबार ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५ रुपैयाँ ७६ पैसा कारोबार भएको छ ।
आज ७ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल बालाजु, समृद्धि फाइनान्स, मान्दु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट नेपाल, नेपाल वेयरहाउस, साहास ऊर्जा र ग्लोबल आइएमई व्यालेन्सको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथै, आज २५५ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्