काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ मा पुगेको हो ।
मंगलबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ६९ लाख २३ हजार ७ सय ९२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ५ सय ८८ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज एपी पावर, हिमालयन रिइन्स्योरेन्स, साइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्