काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ मा पुगेको हो । मंगलबार नेप्से बढेर २९ महिना कै उच्च बिन्दुमा पुगेको हो ।
मंगलबार ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८ सय ८९ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९ सय ९५ रुपैयाँ ७६ पैसा कारोबार भएको छ । मंगलबार २२० कम्पनीको सेयर मूल्य बढ्दा २० कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ६९ लाख २३ हजार ७ सय ९२ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ५ सय ८८ रुपैयाँ रहेको छ ।
साथै, आज ७ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने गणपति लघुवित्त वित्तीय संस्थाको ५.८३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्