Shikhar Insurance
National Life

डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्नु गतल : सांसद बस्नेत

सिंहदरबार संवाददाता
२०८१ श्रावण ८, मंगलवार १४:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइन विवादको समाधान ठाडो निर्देशनमा गर्न खोज्ने प्रवृति राम्रो नभएको बताएका छन् । उनले मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको समाधान तथा निरुपण गर्ने विशेष कानूनी र विशेष व्यवस्थाहरुबाट गर्न जरुरी रहेको बताए । उनले डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौता समाधानमा विधि र नियम भन्दा बाहिर गएर काम गरिरहेको बताए । उनले सरकारले डेडिकेटेड र ट्रंकलाइन विवाद समाधानमा गलतबाट गएको भन्दै सचेत गराए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, डेडिकेटेड र ट्रंकलाइन विद्युत वक्यौताको बिलको विषय छ । त्यसको निरुपण गर्ने विशेष कानूनी र विशेष व्यवस्थाहरु पनि छ । सरकार त्यो बाटो हिँड्नुप¥यो । कुरा सुशासन र विधि,नियम गर्ने तर समाधान ठाडो निर्देशनमा खोज्ने । सरकार गलत बाटो हिँड्दैछ । सभामुखमार्फत सचेत गराउन चाहन्छु । नियमक निकायहरुले दैनिक कार्यकारी र व्यवस्थापकिय कामहरुमा रुचि देखाएर आफूलाई विवादित बनाउन आग्रह गर्न चाहन्छु । ऊर्जा क्षेत्रले यतिबेला मुलुक समृद्धिको बाटोमा गएको छ ।’

उनले नियमक निकायहरुले दैनिक कार्यकारी र व्यवस्थापकिय कामहरुमा रुचि देखाएर आफूलाई विवादित बनाउन नहुने बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्