Shikhar Insurance
National Life

६ लाख ५० हजार भुक्तानी नगरेको भन्दै हुम्लाको ‘बर्थिङ सेन्टर’ मा तालाबन्दी

सिंहदरबार संवाददाता
२०८१ श्रावण ८, मंगलवार १३:४१
Hyundai
NCELL
NIMB

हुम्ला । जिल्लाको खार्पुनाथ गाउँपालिका–२ थालीगाउँ स्थित शङ्कर माध्यामिक विद्यालयको व्यवस्थापन समितिले गाउँमै रहेको आधारभूत स्वास्थ्य केन्द्र (बर्थिङ सेन्टर) मा तालाबन्दी गरेको छ ।

दुईकोठे ‘बर्थिङ सेन्टर’को भवन बनाउने ठेकेदारले समितिलाई ६ लाख ५० हजार भुक्तानी नगरेको जनाउँदै समितिले तालाबन्दी गरेको हो । विद्यालयको जग्गामा सो बर्थिङ सेन्टरको भवन बनेको थियो । अभिभावक सङ्घका अध्यक्ष सङ्केश रावलले विद्यालयलाई ठेकेदारले उक्त रकम दिने भनी सहमति गरे पनि कार्यान्वयन नभएपछि ताला लगाएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘बर्थिङ सेन्टर’मा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्यालयले पाउनुपर्ने रकम भुक्तानी नहुँसम्म ताला नखोलिने उनले बताए।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्