Shikhar Insurance
National Life

वर्खामा कान ओसिलो हुने भएकाले ढुसीको ईन्फेक्सन–ओटोमाइकोसिस हुने समस्या बढी : डा घिमिरे

सिंहदरबार संवाददाता
२०८१ श्रावण ८, मंगलवार १२:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । वर्खा याममा धेरै मानिसहरुमा कान पाक्ने समस्या हुन्छ । वर्खामा कान ओसिलो हुने हुनाले ढुसीको ईन्फेक्सन –ओटोमाइकोसिस) हुने समस्या हुन्छ । यो साझा समस्या हो ।

कान भित्र बढी ओस हुने भएकाले यसले ढुसीको इन्फेक्सनलाई बढावा दिन्छ । वर्खा याममा मानिसहरु धेरै खेतवारीमा काम गर्ने गर्दछन् । उक्त समयमा धेरै वर्षा समेत हुने हुँदा कानभित्र पानी छिर्ने समस्या हुने गर्दछ । यसका अतिरिक्त गर्मी महिना भएकाले धेरै मानिसहरु पौडी खेल्न समेत विभिन्न पोखरी तथा स्वीमिङ पुलमा जाने गर्दछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो बाहेक पौडी खेल्न जाँदा कान भित्र पानी पसेर ईन्फेक्सन हुने सम्भावना बढी हुन्छ । कानको जाली फुटेको रहेछ भने झन् इन्फेक्सन हुने सम्भावना बढी हुन्छ । पौडी खेल्न जाँदा, डाइभ हान्दा कानको जालीमा प्रेसर परेर जाली फुट्न सक्छ । वर्खाको समयमा धेरै कानका समस्याहरु आउने गरेका छन् । बच्चाहरुले ठूलो स्वरमा टिभी हेर्ने तथा बोलाएको नसुनेमा कानको समस्या भएको हुनसक्छ । यस्तो अवस्थामा कानको चेकजाँच गर्नुपर्छ ।

पछिल्लो समय ग्राण्डी अस्पतालमा कानसँगै नाकका विरामी समेत बढी मात्रामा आउने गरेका छन् । नाक बन्द हुने, हाँछ्यू आउने, पिनासका कारण टाउको दुखेका विरामीहरु यस अस्पतालमा आउने गरेका हुन् । घाँटीको एलर्जी, इन्फेक्सन भएका विरामी पनि अस्पतालमा उत्तिकै मात्रामा आउँछन् ।

कानको रोगका लक्षणहरु

– कान चिलाउने

– कान अत्याधिक मात्रामा दुख्ने

– कान डम्म हुने

– कान भित्रबाट पिप वा पानी वग्ने समस्या ।

अधिकाशं मानिसले कान अत्याधिक मात्रामा चिलाउने, पाक्ने वा दुख्ने गर्यो भने नजिकको मेडिकलमा गएर औषधि किनेर हाल्ने वा तेल हाल्ने र कतिपय व्यक्तिले वडले कान कोट्याउने गरेको पाईन्छ । यसरी अनावश्यक रुपमा औषधि, तेल वा कान कोट्याउँदा कानभित्र रहेको कानको जाली फुट्ने समस्या हुन्छ ।

उपचार विधि

कान अत्याधिक मात्रामा चिलाउने, दुख्ने, डम्म हुने वा कान भित्र पिप तथा पानी वग्ने समस्या देखिएमा नजिकको चिकित्सककोमा गएर देखाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा कानको जाली फुट्दा समेत कान दुख्न सक्छ । यस्तो अवस्थामा नाक, कान, घाँटी विशेषज्ञलाई देखाएर मात्र औषधिको प्रयोग गर्नुपर्छ ।

यसबाट कसरी बच्ने ?

– पौडी खेल्न जाँदा एयर प्लग लगाउने ।

– पौडी खेल्दा कान छोप्ने ।

– डाइभ भरसक नगर्ने ।

– पौडी खेल्दै गर्दा कान दुख्ने, चिलाउने, भयो भने विशेषज्ञलाई देखाउने ।

कान दुख्ने समस्या देखियो भने कानेगुजी हटाउनुपर्छ भन्ने छैन। धेरै भएमा चिकित्सकको सल्लाह बमोजिम उचित ढंगले हटाउनुपर्छ । वडले कानेगुजी हटाउँदैन । वडको प्रयोग गर्दा उल्टो कानेगुजी कानभित्र पसेर कानको जालीलाई असर गरिरहेको हुन्छ । त्यसैले वडको प्रयोग नगर्नु राम्रो हुन्छ । कानले कानेगुजी आफै सफा हुने मेकानिज्म बनाएको हुन्छ । कानले जती कानेगुजी चाहिने हो त्यो राखेर बाँकी कानेगुजी आफै फाल्छ । यस्तै, कान पाक्ने समस्या सम्बन्धी आम जनमानसमा जनचेतना फैलाउन जरुरी रहेको छ ।

(लेखक ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीका नाक, कान, घाँटी विशेषज्ञ डा आनन्द घिमिरे हुन् । उनी विगत १० वर्षदेखि ग्राण्डी अस्पतालमा कार्यरत छन् ।)

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्